काठमाडौं- भारतमा पछिल्लो २४ घन्टामा थप ४१ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै सोही अवधिमा ५ सय ७ जनाको मृत्यु भएको छ।
यसका साथ देशमा कोरोना भाइरसको कुल संक्रमितको संख्या तीन करोड १२ लाख भन्दै धेरै भएको छ भने ४ लाख १८ हजार ९ सय ८७ जनाको मृत्यु भएको छ।
भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ४ लाख ९ हजार ३ सय ९४ पुगेको छ।
अहिलेमसम् भारतमा ४१ करोड ७८ लाख भन्दा बढीले भ्याक्सिन लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।