काठमाडौं- चीनको सरकारी सञ्चारमाध्यमका अनुसार हेनान प्रान्तमा केही दिन यता जारी भीषण वर्षाका कारण अहिलेसम्म कम्तिमा २५ जनाको मृत्यु भएको छ। बाढीका कारण ७ जना वेपत्ता भएका छन्।
अहिलेसम्म ६० हजार भन्दा धेरै मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। बाढीका कारण १२ लाख भन्दा धेरै मानिस नराम्रोसँग प्रभावित भएका छन्।
सबैभन्दा धेरै प्रभावित हेनानको राजधानी झेंगझू हो जहाँ गए रातिदेखि पानी रोकिएको छ। यो शहरबाट आएको तस्वीरले देशभरका मानिसलाई विचलित गरिदिएको छ।
भारी वर्षाका कारण शहर पानीले भरिएको छ। रेलवे स्टेशनमा पनि पानी भरिएको छ।
बाढीले रेललाई डुबाएको भिडियो सार्वजनिक भएको छ। जब यो रेलमा विस्तार पानी भरिइरहेको थियो मानिसलाई श्वास लिनका लागि ठाउँ कम भएको थियो। पछि उद्धारकर्मीले मानिसहरुलाई रेलबाट निकाल्न सफलता पाए। यसक्रममा कम्तिमा १२ जनाको मृत्यु भयो। बाढीका कारण सडकहरु नदीमा परिणत भएका छन्। गाडीहरु पानीमा बगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।