काठमाडाैं- नेपाल उद्योग परिसंघकाे अध्यक्षमा उद्यमी विष्णुकुमार अग्रवाल चयन भएका छन्।
परिसंघको १८ औं वार्षिक साधारणसभाबाट अग्रवाललाई अध्यक्ष चयन गरिएकाे हाे। यसअघि अग्रवाल परिसंघको बरिष्ठ उपाध्यक्ष थिए।
उनले यसअघि परिसंघ अन्तर्गतको योङ इन्टरप्रेनर फोरमको नेतृत्व गरिसकेका छन्। साथै, परिसंघको पूर्वाधार विकास समितिको सभापति भएर पनि उनले काम गरिसकेका छन्।
परिसंघको साधारणभाले ३७ जना राष्ट्रिय परिषद सदस्य चयन गरेको छ। त्यसमध्येबाट ७ जना उपाध्यक्ष चयन हुनुहुनेछन्।
राष्ट्रिय परिषदमा संस्थापक समूहबाट अमित मोर, रतनलाल केडिया, राहुलकुमार अग्रवाल, सन्दीपकुमार शारडा, वरुण कुमार तोडी, शुलभ अग्रवाल, अमित बेगानी, विकास दुगड, राजेश कुमार अग्रवाल, चन्द्र टण्डन, अनुज अग्रवाल, अर्पित अग्रवाल, दिपक अग्रवाल, सुरजभक्त पौडेल, निर्वाणकुमार चौधरी, बिक्रम सिंघानिया, दिलिप अग्रवाल, शरद कुमार टिबडेवाला, रोहित गुप्ता र आदित्य संघाई चयन भएका छन्।
यसैगरी, प्रतिष्ठानगत तर्फबाट हेमराज ढकाल, निकोलस पाण्डे, वीरेन्द्रराज पाण्डे, वर्षा श्रेष्ठ, लक्ष्मीप्रसाद सुवेदी, गुरुप्रसाद न्यौपाने, राजीवकुमार गुप्ता, राजबहादुर शाह, पम्फा धमला, आशीष गर्ग, द्विराज शर्मा (सिवाकोटी), अशोक शेरचन, ताराप्रसाद पौड्याल र हितेश गोल्छा चयन भएका छन्।
संस्थागत सदस्य समूहतर्फबाट गोकुल भण्डारी, कृष्णप्रसाद अधिकारी र बसन्तबहादुर चन्द राष्ट्रिय परिषद सदस्यमा निर्विरोध निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।