Photo : AP
काठमाडाैं- कोरोना भाइरसको चौथो लहर देखिएको दक्षिण कोरियामा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको छ।
स्वास्थ्य अधिकारीहरुका अनुसार गएको २४ घण्टा एक हजार ७८४ जना संक्रमितहरु भेटिएका हुन्। याे ६ महिनापछि फेला परेका सबैभन्दा धेरै संक्रमित हुन्।
योसँगै दक्षिण कोरियामा संक्रमितको संख्या १ लाख ८२ हजार ७२२ जना पुगेको बताइएको छ।
दक्षिण कोरियामा पछिल्ला केही हप्ता यतादेखि संक्रमितहरुको संख्या बढ्दो छ। अधिकारीहरुका अनुसार हाल कम्तीमा पनि ५६ प्रतिशत बढेका छन्।
दक्षिण कोरिया संक्रमणको चौथो लहर प्रवेश गरेपछि सरकारले स्वास्थ्य मापदण्डहरु अपनाउने काममा कडाइ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।