Photo: John Thys/Pool, Reuters
काठमाडौं- हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बनले एक विवादास्पद समलिङ्गी कानुनबारे जनमत संग्रह गर्ने घोषणा गरेका छन्।
यस महिना लागू भएको कानुनले विद्यालयमा समलिङ्गी तथा लिङ्ग परिवर्तनलाई बढावा दिने सामग्रीको प्रयोगमा प्रतिबन्ध लगाएको छ।
यसले हंगेरीको समलिङ्गी समुदायमा चिन्ता निम्त्याएको छ। यस कदमले पूरा युरोपभरि तिरस्कारको भावना बढेको छ। यसका साथै हंगेरी सरकार र युरोपियन युनियनबीच दुरी झन बढेको छ।
यस्तै, समयमा सरकारले योजनाबद्ध रुपमा जनमत संग्रहको घोषणा गरेको छ। ‘हाम्रा बच्चाहरूको भविष्य खतरामा छ, त्यसैले हामी यस मुद्दालाई लिन सक्दैनौं,’ प्रधानमन्त्री ओर्बनले फेसबुकमा पोष्ट गरिएको एक भिडियोमा भनेका छन्,‘हंगेरीका कानुनहरूले किन्द्गार्टन, विद्यालय, टेलिभिजन र विज्ञापनहरूमा यौन प्रचारको अनुमति दिँदैन।’
कट्टरपन्थी राष्ट्रवादी अर्बानले योजनाबद्ध जनमत संग्रह कहिले हुन्छ भनेर घोषणा गरेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।