काठमाडौं– नेपाली बजारमा बुधवार सुनको मूल्य घटेको छ। मंगलवार ४ सय रुपैयाँले बढेको सुनको मूल्य बुधवार तोलामा ७ सय रुपैयाँले घटेको हो।
बुधवार छापावाला सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलवार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ थियो।
त्यसैगरी, बुधबार तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार भइरहेको महासंघले जनजाएको छ।
यस्तै, बुधवार सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । मंगलवार प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी बुधवार १२ सय ६० रुपैयाँमा खरीदविक्री भइरहेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।