काठमाडौं– मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ९३ हजार २ सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको मूल्य ४ सय रुपैयाँले बढेको हो।
मंगलबार तेजाबी सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
केही दिनयता निरन्तर ओरालो लागेको चाँदीको मूल्य मंगलबार पनि प्रतितोला १० रुपैयाँले घटेको छ।
मंगलबार चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।