काठमाडौं- बाग्मती प्रदेशको राजधानी हेटौँडामा अत्याधुनिक सुविधा सम्पन्न बस टर्मिलन (बसपार्क) निर्माणले तीव्ररूप लिएको छ। गत आर्थिक वर्ष ०७७/०७८ मा उपमहानगरपालिकाको आफ्नै लगानीमा बस टर्मिनल निर्माण थालिएको उपमहानगर प्रमुख हरिबहादुर महतले बताए।
हेटौँडा–१० टिसीएनमा सुविधा सम्पन्न बस टर्मिनल निर्माणको काम धमाधम भइरहेको हो। कूल रु ३५ करोड लागतमा १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी रसुवा आशिष जेभी निर्माण सेवालाई जिम्मा दिइएको उपमहानगरप्रमुख महतले बताए।
सुन्दर बसपार्कसहितको व्यापारिक कम्प्लेक्स निर्माण गर्न लागिएको छ। तीन तल्ला संरचनामा निर्माण सम्पन्न हुने कम्प्लेक्स र नयाँ मोडलको बसपार्क निर्माण गर्न लागिएको हो। बहुवर्षीय योजनाअनुसार बसपार्क निर्माणको काम भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।