काठमाडौं– नेपाली बजारमा आइतबार ओरालो लागेको सुनको मूल्य साेमबार पुनः बढेको छ। स्थानीय बजारमा आइतवार ६ सय रुपैयाँले घटेको सुनको मूल्य सोमवार २ सय रुपैयाँले बढेको हो।
सोमवार छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यस्तै, सोमवार चाँदीको मूल्य भने घटेको छ। आइतवार प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमवार १२ सय ९० रुपैयाँमा खरीदविक्री भइरहेको महासंघले जनाएको छ।
आइतवारको तुलनामा सोमवार चाँदीको मूल्य रू. ५ ले घटेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।