काठमाडौं- चालू आर्थिक वर्ष २०७८/७९ को बजेटसँग सम्बन्धित ३ वटा अध्यादेश प्रतिनिधि सभा बैठकमा पेस भएका छन्।
अर्थमन्त्री जनार्दन शर्माले सोमबार प्रतिनिधि सभा बैठकमा आर्थिक अध्यादेश २०७८, वनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ पेस गरेका छन्।
पहिलो बैठकमा अध्यादेश पेश नगरे निस्क्रिय हुने भएपछि प्रतिस्थापन ऐन ल्याउनका लागि प्रतिनीधि सभामा पेश गरेका हुन्।
बजेट भाषण गरिनुभन्दा करिब १ साता अगाडि प्रतिनिधि सभा विघटन गरेको केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो।
राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसँग सम्बन्धित ३ वटा अध्यादेश जारी गरेपछि तत्कालीन अर्थमन्त्रीले विष्णु पौडेलले सिंहदरबारबाटै बजेट भाषण गरेका थिए।
अध्यादेशबाट ल्याएको बजेटलाई वैधानिकता दिन सरकारले पहिलो बैठकमा अध्यादेश पेश गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।