• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

तीन वर्षमा ३० अध्यादेश ल्याएका ओलीलाई अध्यादेशकै डर!

64x64
किशोर दहाल शनिबार, साउन २, २०७८  २१:५८
1140x725

काठमाडौं- ‘एमालेविरूद्ध अझ धेरै षडयन्त्र सुरू हुनेछ। सदन छोटो समय बसेर टुंग्याउन सक्छन्। अध्यादेश ल्याएर हाम्रो पार्टी फोर्न प्रयास गर्छन्’, शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भने। सम्बोधनमा उनले कांग्रेस-माओवादी केन्द्र लगायतको पाँच दलीय गठबन्धनलाई अस्वस्थ, अपवित्र, अप्राकृतिक रहेको आरोप लगाए। गठबन्धनले लोकतन्त्रको मूल्य, मान्यता तोडेको उनको भनाइ थियो।

बैठकमा ओलीले अध्यादेशबारे दिएको अभिव्यक्ति सरकारभन्दा पनि माधव नेपाललक्षित भएको बताउँछन्, एमालेका मुख्य सचेतक विशाल भट्टराई। ‘नेकपा एमालेको माधवकुमार नेपाल पक्ष पार्टी विभाजन गर्ने दिशामा लागेको लाग्यै छन्। हामीले धेरै ठूलो प्रयास गर्दा पनि एकताको लागि सफल हुन सकेका छैनौं। हदैसम्मको लचिलो हुँदा पनि उहाँहरुले अझै पनि यता फर्किने प्रयास गर्नुभएको छैन। उहाँहरुलाई आशा होला, सरकारले अध्यादेश ल्याएर, के गरेर भए पनि पार्टी विभाजनको वैधता दिन्छ भन्ने। त्यस्तो अनुचित काम गर्दैन भन्ने हामीले विश्वास गरेका छौं भन्ने कुरा उहाँको थियो’, नेपाल लाइभसँग उनले भने।

ओली नै हुन्, जसले आफ्नो तीन वर्ष र केही महिनाको शासन अवधिमा तीस वटा अध्यादेश जारी गरेर ‘रेकर्ड’ राखेका थिए। त्यति मात्रै होइन, अध्यादेशको सहायतामा पार्टी विभाजन गरिने चिन्ता गरेका उनी स्वयंले २०७७ वैशाख ८ गते राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेका थिए, जुन अध्यादेशको मुख्य उद्देश्य नै समाजवादी पार्टीलाई विभाजन गर्नु थियो। र, त्यसका लागि समाजवादी पार्टीका सांसद्लाई जनकपुरबाट ‘अपहरण’ गरी काठमाडौं ल्याइएको आरोप उनी निकटका दुई नेता र एक पूर्व प्रहरी प्रमुखलाई लागिरहेको छ। सो अध्यादेशको कारण तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भयो। आम विरोधका कारण अध्यादेश फिर्ता लिनुपर्‍यो।

ओलीकै कारण एकजुट भएको जसपा पछिल्ला केही महिना ओलीकै कारण विभाजनको मुखमा पुगेको थियो। बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष ओलीलाई सत्ताच्युत गर्न प्रयासरत थिए। त्यस्तै, महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले भने ओलीलाई साथ दिइरहेको थियो। यही परिस्थितिमा पार्टीका दुवै पक्षबीच कारबाही शृंखला चलिरहेको थियो।

अल्पमतमा रहेको ठाकुर-महतो पक्षले पार्टी विभाजन गर्ने स्थिति पनि थिएन। विवाद बढ्दै गएर एकै ठाउँमा नरहने स्थितिमा ओलीले सो पक्षको स्थिति हेरेर सोही अनुसार पार्टी विभाजनको अध्यादेश ल्याइदिने वचन दिएको सो पक्षका नेताहरुको भनाइ छ। तर, त्यो स्थिति आउनै पाएन। सर्वोच्चले एक आदेशमार्फत् जसपा सहितका २० मन्त्रीलाई पदमुक्त गराइदियो। अन्ततः ओलीलाई पनि सत्ताच्युत गराइदियो।

अध्यादेशमार्फत् ओलीले कसरी शासन गरेका थिए भन्ने प्रष्ट चित्र संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमार्फत् पाइन्छ। वैशाख ८ मै जारी भएको यो अध्यादेश पनि त्यतिबेलै फिर्ता लिइएको थियो। तर, मंसिर ३० गते पुनः सोही अध्यादेश जारी गरियो। मंसिर ३० गते बिहान ९ बजे बोलाइएको बैठकमा गणपुरक संख्या नपुगेपछि केहीबेर अनौपचारिक बैठक बसी बेलुका ५ बजेका लागि अर्को बैठक बोलाइएको थियो। दोस्रो बैठक बोलाइएपछि बिहान करिब ११ बजेतिर मन्त्रिपरिषद्को बैठक राखेर वैशाखमा फिर्ता लिइएको प्रावधान राखेर पुनः सोही अध्यादेश जारी गरियो। संवैधानिक परिषद्का तीन जना मात्रै भए पनि बैठक बस्न सकिने र त्यसको पनि बहुमत (२ जना) ले निर्णय गर्न सकिने प्रावधानसहित जारी भएको अध्यादेशको विरोध भयो।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्रीको छवि-क्षयबुधबार, पुस १, २०७७

मंसिर ३० गते बेलुका संवैधानिक परिषद्को बैठक बस्यो। त्यतिबेला केही निर्णय नगरिएको बताइएको थियो। पुस १ गते बसेको नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले ३० गतेको बैठकबाट कुनै निर्णय नगरिएको बताए। साथै, अध्यादेश फिर्ता लिने प्रतिबद्धता जनाए। तर, पुस २ गते नै अर्को बैठक बोलाएका थिए, जुन विरोधपछि स्थगित भयो।

रोचकचाहिँ के छ भने, जब पुस ५ गते प्रतिनिधि सभा विघटन भयो, त्यसपछि मंसिर ३० मै बसेको संवैधानिक परिषद्ले विभिन्न आयोगहरुमा सिफारिस गरेका ३८ जनाको सूची सार्वजनिक भयो। जसमध्ये ३२ जनालाई माघ २१ गते नियुक्त गरिएको थियो। उनीहरुको संसदीय सुनुवाइ समेत हुन पाएन।

Ncell 2
Ncell 2
nimb
nimb

२०७८ वैशाख २१ मा सोही अध्यादेश पुनः जारी गरियो। २६ गते पुनः बैठक राखियो। बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा सहभागी भएनन्। तर, प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना सहभागी बैठकले कैयौं सिफारिसहरु गर्‍यो।

यो पनि पढ्नुहोस्

सदन मास्ने, अध्यादेश फलाउने : तीन हप्तामा जारी भए ११ अध्यादेशबुधबार, जेठ १२, २०७८

जेठ ७ गते मध्यरातमा प्रतिनिधि सभा विघटन गरिएकाले यसपटक पनि संसदीय सुनुवाइ हुन सकेन। बरु, असार १० गते राष्ट्रपतिले २० जनालाई नियुक्त गरिन्। यसरी केही महिनाको अन्तरालमा ऐनले स्पष्ट गरेको परिषद्को ढाँचामा परिवर्तन गरेर जारी गरिएको अध्यादेश र सोही अनुसार बसेको बैठकले सिफारिस गर्ने र संसदीय सुनुवाइ हुनुपर्ने संविधानको अपेक्षा विपरीत नियुक्ति गर्ने काम गरियो।

शासनको उत्तरार्धमा त ओलीले अध्यादेशबाट राज गर्न खोजेको आरोप नै लाग्यो। संसद् अधिवेशन अन्त्य गर्ने र लगत्तै अध्यादेशको बाढी बगाउने उनको स्वभाव देखियो। नागरिकता जस्तो दूरगामी महत्त्वको विषयमा पनि अध्यादेश जारी गरियो। कैयौंको विरोध छँदाछँदै अध्यादेशबाटै बजेट ल्याइयो।

सरकारबाट बाहिरिएपछि भने ओलीलाई अध्यादेशकै डर लागेको छ। यसअघि नै माधव नेपालसँगको सम्बन्ध ‘पास्ट टेन्स’ भनेका ओलीले उनलाई एमालेभित्र कुनै ठाउँ नरहेको बताइरहेका छन्। उनको अभिव्यक्तिले उनी पार्टी विभाजन हुने मनस्थितिमा पुगिसकेको सन्देश दिन्छन्। अहिलेकै स्थितिमा भने पार्टी विभाजन हुँदा अर्को पक्षले वैधानिकता नपाउने भएकाले त्यसको लाभ आफूलाई पुग्ने उनको हिसाबकिताब हुनसक्छ। तर, उनैले विकास गरेको अध्यादेश-सूत्र उनकै पार्टीमाथि प्रयोग गरी वैधानिक विभाजन भयो त्यसको क्षति उनले बेहोर्नुपर्छ।

ओलीको डर अस्वभाविक पनि होइन। माधवकुमार नेपालको पछिल्लो भूमिकाले त्यसलाई आधार प्रदान गर्छ। किनकि नेपाल पक्षकै कारण देउवा अहिले प्रधानमन्त्री बन्न सफल भएका हुन्। नेपाल पक्षले देउवालाई विश्वासको मत पनि दिने अपेक्षा गरिएको छ। त्यसपछि भने एमाले विभाजन अनिवार्य जस्तै बन्नेछ। त्यतिबेला माधव नेपाललाई बेग्लै पार्टीको अस्तित्व आवश्यक पर्नेछ। आफ्नो बढीभन्दा बढी हिस्सालाई एमालेबाट अलग्याउन र वैधानिक रुपमै अर्को पार्टीको निर्माण गर्न सहज बनाउने उपाय भनेको अध्यादेश नै हो। आफूलाई प्रधानमन्त्री बनाउन जोखिम मोलेका नेपालका लागि देउवाले त्यति काम सहजै गरिदिन सक्छन्।

यो पनि पढ्नुहोस्

संसदीय प्रक्रियामा प्रधानमन्त्रीको अरुचि, एक वर्षमा १८ अध्यादेशबुधबार, वैशाख २२, २०७८

अध्यादेश आउनेबारे भने आफूहरुलाई सूचना नभएको र अध्यादेश आउने कुरामा पनि आफूहरुले सैद्धान्तिक रुपमा विरोध नगर्ने भट्टराईको भनाइ छ। ‘तर, त्यो लोकतान्त्रिक हुनुपर्‍यो। संविधानसम्मत हुनुपर्‍यो। अध्यादेश ल्याउने कुराको  सैद्धान्तिक रुपमा विरोध गरिएको होइन। तर, कस्तो ल्याइन्छ भन्ने कुरा ठूलो हो। राजनीतिक दल र संविधान विपरीत त अध्यादेश आउनुभएन नि’, उनको भनाइ छ। 

०००
केपी शर्मा ओली नेतृत्वको सरकार (२०७४ फागुन ३- २०७८ असार २९) ले ल्याएका अध्यादेशहरू :
२०७५ वैशाख १३ गतेः
१) बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७५
२) राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७५
३) राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५
४) संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी अध्यादेश, २०७५
२०७५ मंसिर २३ गतेः
१) कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७५ 
२०७७ वैशाख ८:
१. संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि) सम्बन्धी  (पहिलो संशोधन) अध्यादेश, २०७७
२. राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७
२०७७ असोज १२:
१. तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७
२. फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७
३. नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७
२०७७ मंसिर ३:
१. ‌औषधि (तेस्रो संसोधन) अध्यादेश, २०७७
२०७७ मंसिर २१:
१. यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७
२. सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७७
२०७७ मंसिर ३०:
१. संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७
२०७७ माघ २३:
१. बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७
२०७८ वैशाख २१:
१. यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८
२. फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८
३. औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८
४. संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८
५. सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८
६. नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८
७. तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८
२०७८ वैशाख २२:
१. रेल्वे अध्यादेश, २०७८
२०७८ जेठ ६ गतेः
१) शपथ सम्बन्धि अध्यादेश, ०७८
२) कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, ०७८
२०७८ जेठ ९ गतेः
१) नागरिकता अध्यादेश
२०७८ जेठ १५ गतेः
१) आर्थिक अध्यादेश, ०७८
२) विनियोजन अध्यादेश, ०७८
३) राष्ट्र ऋण उठाउने अध्यादेश, ०७८
२०७८ जेठ २३ गतेः
१) स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि(पहिलो संशोधन) अध्यादेश, ०७८

 

प्रकाशित मिति: शनिबार, साउन २, २०७८  २१:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी नेपालका अर्थमन्त्री स्वर्णिम वाग्लेले हालैको दिल्ली भ्रमणका क्रममा प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमण भारत हुने र यस वर्षको अन्त्... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीः प्रधानमन्त्री बालेनको फेसबुकमा देखिन छोड्यो दैनिक विवरण गत भदौ १० गतेबाट निरन्तर साँझमा दैनिक विवरण निजी फेसबुक अकाउन्टबाट सार्वजनिक गर्दै आएका बालेनले गत भदौ १८ गतेसम्ममात्र नियमित पोष्ट... सोमबार, असोज ५, २०८३
कांग्रेसको वडा अधिवेशन : ६३ जिल्लामा सकियो, बाँकीमा अन्तिम चरण कांग्रेस केन्द्रीय कार्यसमितिले सोमबार जारी गरेको विज्ञप्तिअनुसार असोज ५ गतेसम्म ६३ जिल्लाका वडा अधिवेशन सम्पन्न भएका हुन् । असोज ३... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्