सिङ्गापुर– चीनका एक उच्च पदस्थ सैनिक अधिकारीले शनिबार साउथ चाइना सीबारे अन्य मुलुकबाट आउने ‘गैरजिम्मेवार टिप्पणी’ आफूहरूलाई स्वीकार्य नहुने बताएका छन्।
सिङ्गापुरमा गरिएको सुरक्षा अधिकारीहरूको शिखरवार्ता (साङ्ग्रीला डायलग)मा बोल्दै चिनियाँ सैनिक अधिकारी लेफ्टिनेन्ट जनरल हे लेईले भने,‘साउथ चाइना सीबारे अन्य मुलुकले गर्ने कुनैपनि गैरजिम्मेवार टिप्पणी चीनका लागि स्वीकार्य हुनेछैन।’
अमेरिकी रक्षा मन्त्री जिम म्याटिसले विवादास्पद सामुद्रिक क्षेत्र साउथ चाइना सीमा त्रास सिर्जना गरेको तथा दादागिरी देखाएको भन्ने शुक्रबार गरेको टिप्पणीको खण्डन गर्दै चिनियाँ सैनिक जनरल लेईले उक्त कुरा बताएका हुन्।
यसअघि अमेरिकी रक्षामन्त्री म्याटिसले सिङ्गापुरमा भएको उक्त सैनिक शिखर भेलामा चीनले साउथ चाइना सी क्षेत्रमा सैनिक संरचना तथा हतियार प्रणालीको तैनाथीबारे विवादास्पद गतिविधि भएको र यो छिमेकीलाई तर्साउन चालिएको चिनियाँ रणनीति भएको टिप्पणी गरेका थिए। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।