• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, चैत २२, २०८२ Sun, Apr 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

कञ्चनजंघाकाे काखमा नमुना सरकारी विद्यालय, जहाँ पढ्न आउँछन् सुगमका विद्यार्थी

64x64
नेपाल लाइभ आइतबार, जेठ २०, २०७५  ०२:३७
1140x725

कञ्चनजंघा हिमालको आधार शिविर जाने रुटमा पर्ने गाँउ हो, घुन्सा। यहाँभन्दा पर फाट्टफुट्ट घरहरु छन्, तर एकीकृत बस्ती छैन। त्यसैले विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा आधार शिविर नजिकको सवैभन्दा नजिकको एकीकृत बस्ती भएको गाँउ घुन्सा हो। ताप्लेजुङको फक्ताङलुङ गाँउपालिकामा अवस्थित घुन्सा पुग्न नजिककैको मोटरबाटोबाट २ दिन पैदल हिड्नु पर्छ। सदरमुकाबाट पुग्न त ४ दिन छुट्याउन पर्छ।

समुद्री सतहबाट ३४ सय मिटरमाथि विकट बस्ती भएपनि यहाँको विद्यालय भने जिल्लाकै नमुना छ। घुन्सा आधारभूत विद्यालले गुणस्तरिय शिक्षा र आवासीय सुविधा दिएका कारण दर्जनौँ अवार्ड पाइसकेको छ। यहाँ आवासीय रुपमा पढ्नका लागि २ दिन हिँडेर पुगिने स्थानबाट पनि विद्याथीहरु आउने गरेका छन्। 

२०२३ सालमा स्थापना भएको विद्यालयले स्वरुप फेरेको धेरै वर्ष भएको छैन। २०७१ सालसम्म यहाँ विद्यार्थी संख्या न्यून थियो। पढाइको गुणस्तर पनि राम्रो थिएन। त्यसैले अभिभावकले आफ्ना बालबच्चालाई पढाउन सदरमुकाम र काठमाडौं पठाउने गर्थे। कोही–कोहीले भारतको दार्जलिङमा समेत पठाउने गर्थे। अझ २०६८ सालमा गएको भूकम्पले त विद्यालयको भवन क्षतिग्रस्त बन्यो। तीन वर्षसम्म पुन:निर्माण हुन सकेन। 

२०७१ सालमा काठमाडौंमा बसोबास गर्दै आइरहेका यस क्षेत्रका समुदायहरुको सामाजिक संस्था कञ्चनजंघा बुद्धिस्ट सेवा 8ले विद्यालय बनाउने कार्यमा पहलकदमी लियो। सेवाका संस्थापक अध्यक्ष फुपुछ्वाङ शेर्पाको अस्ट्रेलियास्थित 8िक संस्था हिमालय डेभलभमेन्ट फाउन्डेसन अस्ट्रेलिया (एचडिएफए)सँग सम्पर्क भयाे। एचडिएफएका तत्कालिन अध्यक्ष डंकन चेसलले घुन्सा गाँउको भ्रमण पनि गरेका थिए। 'विद्यालयको भवन जिर्ण बन्दै गएपछि हामीले एचडिएफए समक्ष प्रस्ताव राख्यौं। उहाँहरुले सहज रुपमा स्विकार गर्नु भयो,' कञ्चनजंघा बुद्धिस् सेवा 8का तत्कालिन अध्यक्ष मिङ्मा डण्डु शेर्पा सम्झन्छन्। 

एचडिएफएसँग २०७१ मा भवन निर्माणका लागि सम्झौता भएसँगै विद्यालयको भवन निर्णाम काम थालियो। तीन वटा ब्लकको मर्मत गरिएको थियो। साथै शौचालय र किचनको पनि निर्माण गरियो। ४० जना विद्याथी अट्ने होस्टल बनाइयो। त्यसका लागि शेर्पा कार्यकम संयोजक थिए। भवन निमार्णपछि गुणस्तरीय शिक्षाका लागि पनि एचडिएफएसँग सहकार्य भएको थियो। दार्जिलिङबाट अंग्रेजी पढाउनका लागि शिक्षक झिकाइएको थियो। यस्तै घुन्साका स्थानीय वासिन्दाले बोल्ने स्थानीय भाषा पढाउन लागि छुट्टै शिक्षक राखिएको छ। यसरी विद्यालयको भवन निर्माणसँगै शिक्षणको गुणस्तरमा सुधार आएपछि अहिले विद्यालय जिल्लाकै नमुना बनेको छ। होस्टलमा उच्चतम सुविधा रहेको शेर्पाले बताए। सवै प्रकारका शैक्षिक सामग्रीदेखि 'वासिङ मेसिन' र 'गिजर'सम्म विद्यालयमा उपलब्ध छ। 

'एचडिएफएको सहयोग र स्थानीयवासीको सक्रियतामा एउटा जिर्ण स्कुल जिल्लाकै नुमना स्कुल बन्न सफल भएको छ। अहिले स्कुलमा भर्ना हुनका लागि टाढा–टाढाबाट समेत विद्याथी आउने गरेका छन्। काठमाडौं र दर्जिलिङ पठाउनेक्रम रोकिएको छ।', शेर्पा भन्छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

२०७१ मा ९ जना रहेको विद्यालयमा अहिले विद्याथी संख्या ६० पुगेको छ। होस्टलको कोटा ४० जना मात्र भएकाले पढ्न चाहनेले पनि विद्यालय  भर्ना हुन पाएका छैनन्। 'स्थानीयवासीका लागि त समस्या भएन। तर टाढाबाट आएर होस्टलमा बसेर पढ्न चाहनेहरुलाई राख्न सकिएको छैन,' शेर्पा दुखेसाे गर्छन्। विद्यालमा सरकारी दरबन्दी बाहेक ५ जना कर्मचारीहरुलाई  एचडिएफएले तलब दिएर राखेको छ। यस्तै विद्यालमा बिहान बेलुका 'कोचिङ क्लास' पढाउने शिक्षकका लागि पनि छुट्टै भत्ता दिने गरिएको छ। जसले गर्दा शिक्षाको गुणस्तर दिनानुदिन बढिरहेको छ। 

अहिले विद्यालयमा ८ कक्षासम्म मात्र पढाइ हुने गरेको छ। निकट भविष्यमै माध्यमिक तहसम्मको अनुमति लिने प्रक्रिया अघि बढिरहेको शेर्पाले बताए। शेर्पाका अनुसार ८ कक्षा पास गरेका विद्यार्थीलाई अहिले काठमाडौं ल्याएर छात्रवृत्तिमा पढाउने गरिएको छ। 

शिक्षाको क्षेत्रमा सहयोग गरेको एचडिएफएले घुन्सामा स्वास्थ्य इकाई स्थापनाको लागि पनि सहयोग गरेको शेर्पाले बताए। स्थानीय याङजोम शेर्पाकोसमेत पहलमा स्वास्थ इकाई स्थापना गरेपछि अहिले सामान्य उपचार गराउनै २ दिन हिड्ने अवस्था अन्त्य भएको छ। 'उपचार गराउन २ दिन हिड्नुपर्ने अवस्था हुँदा धेरै अामाहरुकाे बच्चा जन्माउन नसकेर मृत्यु हुने गरेको थियाे। अब त्यो अवस्थाको अन्त्य भएको छ।

यहाँको स्वास्थ्य चौकीले सुत्केरी गराउनेदेखि अन्य उपचार सेवासमेत प्रदान गर्दै अाएकाे छ।' हाल स्वाथ्य चौकीमा २ जना कर्मचारी छन्। एचडिएफएले आवश्यक पर्ने सवै प्रकारका उपकरण र  ‍औषधी उपलब्ध गराउने गरेको छ। गाउँमा स्वास्थ्य इकाईको भवन नभएको कारण हाल विद्यालयको एउटा कोठामा स्वास्थ्य इकाईको कार्यालय सञ्चालन गर्दै आइरहेको छ।  घुन्सा निवासी याङजोम शेर्पाको पहलमा सुबिधा सम्पन्न स्वास्थ्य इकाईको भवन निर्माण प्रक्रिया अगाडि बढिरहेको छ। 

'गाउँगाउँमा सिंहदरबार'काे नारा अालापे पनि २ सय जनसंख्या रहेको घुन्सामा सरकारको उपस्थिति 'अाकाशकाे फल बराबर' भएकाे शेर्पा गुनासाे गर्छन्। उनका अनुसार घुन्साबाट वडा कार्यालय पुग्न २ दिन लाग्छ। 'हामी गाउँलेकै पहलमा विभिन्न विकासका कामहरु भइरहेका छन्। वडा कार्यालयसँग सम्पर्क गर्न गाह्रो छ भने अन्य अवस्था के होला?,'उनी प्रश्न गर्छन्। 

केही वर्षअघि 'डब्लूडब्लूएफ'ले हाइड्रोपावर निर्माण गरेर स्थानीयलाई हस्तान्तरण गरेको थियो। तर केही वर्षमा प्राविधिक समस्या आयो। समान महंगो पर्ने भएकाले यसमा पनि एचडिएफएले सहयोग गरेको थियो। 

घुन्सामा स्वास्थ्य र शिक्षाको पहुँच पुगेपनि सञ्चारको समस्या रहेको छ। गाँउमा पहिला–पहिला सिडिएमए फोन चल्थ्यो। तर अहिले चल्दैन। नेपाल टेलिकमकाे 'एनटी भिस्याट'बाट काम चलाउने गरिएको छ। यद्यपी निकट भविष्यमा नेपाल टेलिकमले टावर बनाउने सम्झौता गरेकाले स्थानीयबासी हर्षित छन्।

यस क्षेत्रको अर्को समस्या पदमार्ग हो। भौगोलिक विकटता र समय–समयमा हुने प्राकृतिक प्रकोपका कारण कञ्चनजंघा आधार शिविरसम्मको पर्यटकीय पदमार्ग जिर्ण अवस्थामा रहेको छ। जसले पर्यटक र स्थानीयलाई आवागमनमा समस्या भइरहेको छ। 

पर्यटकीय रुपमा ठूलो सम्भावना बोकेको घुन्साको अहिले पनि धेरै प्रचार हुन नसकेको शेर्पा बताउँछन्। गाँउको विकासका लागि विदेशी संस्थाले सहयोग गरिरहँदा सरकारले पनि ध्यान दिनुपर्ने उनको भनाइ छ। 'अहिले विद्यालयदेखि सवै प्रकारका सहयोग एचडिएफए गरिरहेको छ। उसले विद्याललाई १० वर्षसम्म सहयोग गर्ने मौखिक सम्झौता गरेको छ। सम्झौता थपघट पनि हुन सक्ला। गाँउ तथा विद्यालयलाई नमुना बनाइराख्न अब सरकारको पनि ध्यान जान जरुरी छ।,' शेर्पाको माग छ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०७५  ०२:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन
शुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले दियो अनुमति
डा. नारायण दत्त कँडेल महान्यायाधिवक्ता नियुक्त
सम्बन्धित सामग्री
शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रचलित कानुन तथा सर्वोच्च अदालतको आदेश विपरीत भर्ना प्रक्रिया अघि बढाइएकोप्रति ध्यानाकर्षण गराउँ... आइतबार, चैत २२, २०८२
शुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले दियो अनुमति अनुसन्धानको लागी उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको काठमाडाैँ जिल्ला अदालतका सूचना अधिकारी दिपक श्रेष्ठले बताए । आइतबार, चैत २२, २०८२
डा. नारायण दत्त कँडेल महान्यायाधिवक्ता नियुक्त आइतबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । आइतबार, चैत २२, २०८२
ताजा समाचारसबै
शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन आइतबार, चैत २२, २०८२
शुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले दियो अनुमति आइतबार, चैत २२, २०८२
डा. नारायण दत्त कँडेल महान्यायाधिवक्ता नियुक्त आइतबार, चैत २२, २०८२
सभामुख डीपी अर्यालले लिए शपथ आइतबार, चैत २२, २०८२
एकैदिन नेप्से सूचक १०५ अंकले घट्यो आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म आइतबार, चैत २२, २०८२
कलाकार सागर लम्साल पक्राउ शनिबार, चैत २१, २०८२
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना समातिए शनिबार, चैत २१, २०८२
उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी शनिबार, चैत २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्