वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग जुन १२ मा सिङ्गापुरमा हुने भनिएको शिखर वार्ता पूर्वनिधारित समयमै हुने दाबी गरेका छन्। यसअघि सिङ्गापुरमा हुने भनिएको सो वार्ता स्थगित भएको ट्रम्पले नै घोषणा गरेका थिए।
दुई देशका नेताबीच आगामी जुन १२ मा हुने भनिएको वार्ताको क्रममा एक उच्च उत्तर कोरियाली दूतसँग ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति ट्रम्पसँगको भेटवार्तापछि उनले वार्ता जुन १२ मा हुने पुष्टि गरेका हुन्।
उत्तर कोरियाली ती दूतले कोरियाली नेताले राष्ट्रपति ट्रम्पलाई पठाएको पत्र हस्तान्तरण गरेका थिए। ट्रम्पले शिखर बैठक एउटा सुरूवात मात्रै भए पनि अन्त्यमा त्यो सफल हुने आफ्नो विश्वास रहेको बताएका छन्।
उत्तर कोरियासँग हाल जारी सम्बन्ध निकै सकारात्मक रहेको ट्रम्पले बताएा छन्। केही समयपहिले शिखर वार्ता स्थिगित हुने भनि घोषणा गरेका ट्रम्पले अहिले आएर फेरि शिखर वार्ता हुने पुष्टि गरेपछि विश्व समुदाय चकित भएकोछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।