काठमाडौं- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत् निजी आवास पुनर्निर्माणमा खटिएका प्राविधिकहरुको सञ्चार तथा यातायात खर्च निकासा भएको छ।
भूकम्प प्रभावित ३२ जिल्लामा खटिएका प्राविधिकहरुले चालु आर्थिक वर्ष २०७७/७८ को साउन महिनादेखि पाउन बाँकी आठ करोड ३४ लाख रुपैयाँ निकासा भएको हो।
लामो समयदेखि निकासा हुन नसकेको सञ्चार तथा यातायात खर्च बुधबार अर्थ मन्त्रालयले निकासा गरेको हो।
असार १३ गते प्राविधिकहरुको उपस्थितिमा प्राधिकरणमा भएको छलफलमा प्राविधिकहरुले पाउने भनी निश्चित गरिएको खर्च नियमानुसार उपलब्ध गराउने समझदारी भएको थियो। त्यसअघि, असार १० गते बसेको निर्देशक समितिको बैठकले निजी आवास पुनर्निर्माणमा खटिएका प्राविधिकहरुलाई सञ्चार तथा यातायात खर्च उपलब्ध गराउने निर्णय गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।