• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ २५, २०८३ Mon, Jun 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

'कर्णाली टपर'को सिंहदरबार प्रवेश

64x64
नेपाल लाइभ शनिबार, जेठ १९, २०७५  १०:२२
1140x725

काठमाडौं– जेठ ४, २०७५। छतमा टहलिँदै गोधूलि नियालिरहेका थिए गोगनबहादुर हमाल। ७ बजेतिर साथी अर्जुन भण्डारीले फोन गरेर सुनाए, खुसीको खबर। यो यस्तो खबर थियो जसले उनलाई पुर्‍यायो बाल्यकालीन 'नोस्टाल्जिया'मा।

—O—

'मलाई त संसारै जितेँ जस्तो भएको थियो,' नेपाल लाइभको कार्यालयमा गफिँदै गर्दा पटकपटक जुम्लाकै स्मृतिमा पुग्थे हमाल, 'एसएलसीमा प्रथम श्रेणी मात्र होइन, मैले त सिंगो कर्णाली अञ्चलबाटै टप गरेको रहेछु।'

जुम्लाको भैरव माविबाट अक्षर सिकेका उनले त्यही स्कुलबाट एसएलसी दिए। जहाँ उनी कहिल्यै दोस्रो हुनुपरेन। ७२ प्रतिशत ल्याएर अञ्चल टप गर्दा सबैतिरबाट बधाई र शुभकामनाको ओइरो लागिइरह्यो। उनले त्यसबेला पहिलो पटक महसुस गरे– सफलतामा यस्तो पनि हुँदो रहेछ।

प्रवेशिका दिउन्जेल उनले जुम्ला-काठमाडौंबारे धेरै सुने। कति कुरा घरपरिवारमा हुन्थ्यो, कति सरहरुबाट सुन्थे। काठमाडौं जाने रहर उनलाई सानैमा लागेको थियो। तर जुम्ला-काठमाडौंबीचको दुरी छिचोल्न त्यसबेला उनको परिवारको 'अर्थ'ले दिएन। सुनेका मात्रै थिए– काठमाडौं त कत्ति टा…ढा छ। 

भन्नेहरु पनि छन्, काठमाडौंकै सिंहदरबार त जुम्लाबाट झन् टाढा छ।   

देश संघीयताको अभ्यासमा छ यतिबेला। केन्द्रीकृत सिंहदरबारबाट जुम्लाजस्ता ठाउँ छेलिँदै गइरहेको अवस्थामा गणतान्त्रिक स्लोगन बनेको छ, 'गाउँगाउँमा सिंहदरबार'।

उनै हमाल भरखरै 'सिंहदरबार' छिरेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

साथीले जेठ ४ गते सुनाएको खुसीको खबर उनले साटिइहाले, 'मैले पहिलो नम्बरमै सहसचिवमा नाम निकालेँ। अबको जिम्मेवारी प्रदेश ७ को सामाजिक विकास मन्त्रालयमा।'

—O—

जुम्लाबाट काठमाडौंको यात्रा र यहाँको संघर्षमा उनले धेरै परिवर्तन भोगे। यसै पनि परिवर्तनशील राजधानीले अनेकौं रुप फेरिइरहन्छ। तर हमालले पढेको स्कुल र गाउँमा अझै पनि ठूलो 'चेन्ज' भइसकेको छैन। 

उनी पढेको भैरव मावि अहिले उच्च मावि भएको छ। जन्मेको नराकोट गाविस-२ सिन्जा गाउँपालिका-३ मा बदलिएको छ। 

फेरिएको लगभग यत्ति हो।

३५ वर्षअघि सामान्य परिवारमा जन्मिएका हमालले २०५६ मा एसएलसी उत्तीर्ण गरे। स्कुलबाट उनीसहित जम्मा ५ जनाले मात्र पास गरेका थिए। अरुले सेकेन्ड/थर्ड डिभिजन ल्याउँदा उनले भने पूरै कर्णालीभरमा प्रथम भए।

स्कुल पढ्दा पढाइका अलावा अन्य सिर्जनशील कार्यमा उत्तिकै सक्रिय थिए उनी।  विज्ञान र प्रविधिप्रति रुचि राख्थे। यसै पनि 'कर्णाली टपर'को हैसियत बनाइसकेका उनी राजधानी जानैपर्ने 'नैतिक बाध्यता'मा परे। घरका अभिभावक र विशेषगरी दाइबाट सहयोग पाएपछि पहिलो पटक काठमाडौं टेके– २०५७ सालमा।

'सुरुमा उत्रिएको ठाउँ गोंगबु बसपार्क रहेछ। गाडी नपाएपछि नरदेवी पुग्न त्यहाँबाट हिँड्दै आयौं,' उनी सम्झिन्छन्, 'अग्लाअग्ला घर देख्दा त सुरुमा उकुसमुकुस जस्तो भयो। हराइन्छ कि भन्ने डरले बुबाको हात छोड्दै छोडिनँ।'

२०५७ देखि ५९ सम्म अमृत साइन्स कलेज (अस्कल) पढे उनले। यहाँ पनि यी टपरले अरुलाई पहिलो हुनै दिएनन्।

यसैबीच, आइएससी दोस्रो वर्षको रिजल्ट नआउँदै उनलाई रसिया जाने अवसर आइलाग्यो तर आफैले हापिदिए। 'चारवर्षे कोर्सका लगि शिक्षा मन्त्रालयमार्फत कोटा आएको थियो। त्यसमा मैले नाम पनि निकालेँ,' उनले सुनाए, 'त्यहाँ भाषा सिक्दैमा दुई वर्ष यतिकै बित्थ्यो। त्यही कारण एउटा सुनौलो मौका छोडिदिएँ।'

अस्कल टप गरेका उनी थप उच्च शिक्षाका लागि पुगे, पुल्चोक इन्जिनियरिङ कलेज। ब्याचलर अफ इन्जिनियरिङ (बिई) का लागि प्रवेश परीक्षा दिने विद्यार्थीहरु थिए झन्डै ९ हजार। उनको नाम सुरुवाती लहरमै निस्कियो। 

मेकानिकल इन्जिनियरिङको चारवर्षे कोर्स उनले २०६४ मा सिध्याए।

बिईमा राम्रो अंक ल्याएर उत्तीर्ण गरे पनि तत्काल मास्टर्स पढ्न भने पाएनन्। आर्थिक समस्याका कारण जागिर खानुपर्ने बाध्यता आइलाग्यो। 'किनकि थप पढ्नका लागि पैसा जम्मा गर्नुपर्ने थियो मैले,' उनी सुनाउँछन्, 'पढाइलाई नै विश्राम दिएर पैसा कमाउनतिर लागेँ।'

काठमाडौंकै इन्जिनियरिङ कलेजमा ३ वर्ष पढाइसकेपछि मात्रै २०६७ मा उनले स्नातकोत्तरको पढाइ सुरु गरे, रिन्युएवल इनर्जी एन्ड इन्जिनियरिङबाट।

मास्टर्स पढ्दै गर्दा सरकारी सेवातिर छिर्ने सोच बनाएका उनले लोकसेवाले खुलाएको जनरल मेकानिकल इन्जिनियरिङका लागि फाराम भरे। नाम निस्कियो एक नम्बरमै।

यसरी २०६७ भदौ निजामती सेवाको प्रवेशबिन्दु बन्यो हमालका लागि।

२०७४ मा उपसचिवका लागि उनले दुईतिर परीक्षा दिए। आन्तरिक र खुलामा। एउटामा सिफारिसमै परे, अर्को वैकल्पिकमा। 

हमालको सफलताको ग्राफ निरन्तर उकालो चढिरहेको थियो। सफलताका अथक धावक उनको लक्ष्य थियो, सहसचिव। त्यसैको तयारीमा लागे। उपसचिवमा नाम निकालेको ९ महिनापछि सहसचिवमा पनि सफलता हात पारिछाडे। 'गत माघमा भएको परीक्षामा ५७४ जना सहभागी थियौं,' उनले सुनाए, '३ जनाको कोटा थियो। त्यसभित्र मैले एक नम्बरमा नाम निकालेँ।'

प्रशासनको हाउगुजी
हमालको विचारमा इन्जिनियरिङ पढेकाहरु ठान्छन्– प्रशासनतिरको विषयवस्तु एकदमै हाउगुजी छ। नाम निकाल्नै सकिन्न।

'तर होइन,' उनले नै थप्दै गए, 'परीक्षामा सहभागी नभई हरेस खानु त भएन नि। टेक्निकल कुराहरुको थप ज्ञान हामीसँग हुन्छ, त्यसले थप भरथेग गर्ने हामीलाई नै हो।'

सहसचिवमा नाम निकालेको खबर पाएपछि इन्जिनियरिङ फिल्डका साथीहरु निकै खुसी भएको बताउँछन् उनी। 'हामीले पनि प्रयास गर्दा हुने रहेछ भनेर हौसिएका छन्,' हमालले दाबी गरे, 'प्रशासनिक क्षेत्रको खुला प्रतिस्पर्धामा इन्जिनियरिङबाट एक नम्बरमा नाम निकाल्ने म नै पहिलो हूँला।'

नेपालको 'ब्युरोक्रेसी'माथि सधैं आलोचना भइरहन्छ– राजनीतिकरण हाबी भयो। काम सधैं पुरानै ढर्रामा। हमाल त भन्छन्, 'सिस्टमको त कुरै नगरौं। कतिपय कर्मचारीलाई इमेलसमेत चलाउन आउँदैन।'

प्राविधिक ज्ञान हासिल गरेक उनलाई चित्त नबुझेको अर्को पाटो हो, कर्मचारी 'रिस्क' लिनै चाहँदैनन्। 'कतिपय ऐन नियमले पनि कर्मचारीलाई खुलेर काम गर्न दिएको छैन। बाँधेको छ,' उनी भन्छन्, 'नयाँ तरिकाले काम गरिदिँदा स्पष्टीकरण सोधिने हो कि भन्ने डर उनीहरुमा छ।' 

मुलुकमा विकास र समृद्धिको बहस सुरु हुँदै गर्दा सरकार सहरदेखि शौचालयसम्म 'स्मार्ट' बनाउने योजनामा छ। कतिपय सरकारी कार्यालय 'पेपरलेस' सिस्टमबाट चल्न थालिसकेका छन्। 'कसरी सेवाग्राहीका लागि छिटोछरितो सेवा प्रवाह गर्न सकिन्छ, त्यता लाग्नुपर्छ,' हमालको विज्ञताले भन्छ, 'विकास प्रशासनमा त अनिवार्य टेक्निकल फिल्डका कर्मचारी भित्र्याउन जरुरी छ।'

दुई तिहाइभन्दा बढीको समर्थन रहेको सरकारबाट निकै आशावादी छन् हमाल। गलत नियत भएका कर्मचारीहरु पनि अहिले सुधारको पक्षमा देखिएको र सदाचार र आचरण सुधारको संकेत देखिन थालेको उनले बताए।

चेन अफ कमान्ड नभएसम्म ब्युरोक्रेसी सुध्रिन नसक्ने उनको अर्को तर्क छ। 'प्रधानमन्त्री कडा हुने हो भने मन्त्री चूँ बोल्न सक्दैनन्। मन्त्री राम्रो हुने हो भने सचिवले दायाँबायाँ गर्नै पाउँदैन,' भन्छन्, 'सचिवले राम्रो गरे भने कार्यालय प्रमुख आफै लाइनमा आउने हो। यसै पनि सिस्टम बसिहाल्छ।'

नीतिगत भ्रष्टाचार हुने ठाउँमा अख्तियारले १०/२० हजार लिने कर्मचारीलाई समाउनुको साटो ठूलै ठाउँमा हात हाल्नुपर्ने बताउँछन् उनी।

इन्जिनियिरङ र प्रशासनका अनुभवी उनले सरकारी कामकाजमा भइरहेको ढिलासुस्ती सुधार्न केही सुझाव पनि दिए:

– कार्यालयीय व्यवस्थापन इन्जिनियरिङ रिफर्ममा जानुपर्छ।

– कागजका फाइल थुपारेर पुरानै शैलीमा काम गर्ने समय सकियो, अबको हरेक सेवा प्रविधिमैत्री हुनुपर्छ।

– सेवा लिन चाहनेका लागि अनलाइन सिस्टममार्फत घरबाटै सेवा लिन सक्ने व्यवस्था मिलाउनुपर्छ।

– सामान्य काम सक्न वल्लो कोठा र पल्लो कोठा दगुर्नुपर्ने सकस सेवाग्राहीलाई दिनुहुन्न। एउटै कम्प्युटरबाट चाँडै कसरी काम सकिन्छ, त्यतातिर जानुपर्छ।

– मुहान सफा भए मात्र नदी सफा देखिने हो। तलबाट होइन माथिल्लो तहबाटै सुधारको सुरुवात हुनुपर्छ।

प्रकाशित मिति: शनिबार, जेठ १९, २०७५  १०:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रदेश र पालिकालाई कति अनुदान ? [सूचीसहित]
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही
बजेटले सही दिशा समातेको छ,  कार्यान्वयन निर्णायक हुन्छः  अध्यक्ष श्रेष्ठ
सम्बन्धित सामग्री
बाढी, पहिरो र मर्मतका कारण देशका यी राजमार्ग पूर्णरुपमा अवरुद्ध छन् सोमबार बिहान ६:३० बजेसम्मको अद्यावधिक विवरण अनुसार विशेष गरी काठमाडौँ उपत्यका, कोशी प्रदेश र बागमती प्रदेशका विभिन्न सडक खण्डमा लामो... सोमबार, जेठ २५, २०८३
साउनदेखि स्वास्थ्य बीमामा कर्मचारीलाई आवद्ध गर्ने तर्फ ध्यान केन्द्रित छ: स्वास्थ्य सचिव डा देवकोटा उनले  स्वास्थ्य बीमा सुधार सरकारको प्राथमिकतामा परेकै कारण विगतमा  सात अर्ब रुपैयाँ बजेट विनियोजन  हुँदै आएकोमा आगामी वर्षका लागि १५... आइतबार, जेठ २४, २०८३
पदबाट बिदा हुने भन्ने विषयमा कुनै आधिकारिक निर्देशन छैन : मन्त्री मेहता आइतबार मन्त्रालयमा सञ्चारकर्मीसँग सुझाव संकलनका लागि आयोजित छलफल कार्यक्रममा पत्रकारहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री मेहेताल... आइतबार, जेठ २४, २०८३
ताजा समाचारसबै
प्रदेश र पालिकालाई कति अनुदान ? [सूचीसहित] सोमबार, जेठ २५, २०८३
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्‍यो कारबाही सोमबार, जेठ २५, २०८३
बजेटले सही दिशा समातेको छ,  कार्यान्वयन निर्णायक हुन्छः  अध्यक्ष श्रेष्ठ सोमबार, जेठ २५, २०८३
वीरगन्जका मेयर राजेशमानसहित ७ जनाविरुद्ध मुद्दा दायर सोमबार, जेठ २५, २०८३
अवैध असुलीको आरोपमा फरार रहेका तृणमूल कांग्रेसका नेता जहांगीर नेपाली सीमा नजिकबाट पक्राउ सोमबार, जेठ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
लिपुलेक-लिम्पियाधुरा नेपालको भूमि भएकाले भारत-चीनबीच एकतर्फी सहमति स्वीकार्य हुँदैन : परराष्ट्र मन्त्री खनाल आइतबार, जेठ २४, २०८३
रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठकमा ओली, प्रचण्ड, गगन र हर्क चारै नेता गएनन् सोमबार, जेठ २५, २०८३
सुनको भाउ घट्यो, आज कतिमा हुँदै छ कारोबार ? आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्