काठमाडौं– क्रियाशील सदस्यताको विवादलाई लिएर नेपाली कांग्रेसको मुख्यालय सानेपामा जारी धर्नामा कांग्रेस नेता शेखर कोइरालाले ऐक्यवद्धता जनाएका छन्।
क्रियाशील सदस्यतामा भएको धाँधली भएको भन्दै पार्टी बाराका नेता तथा कार्यकर्ताले कांग्रेस केन्द्रीय कार्यलय सानेपामा गरेको धर्नामा कोइरालाले ऐक्यवद्धता जनाएका हुन्।
कांग्रेस बाराका नेता कार्यकर्ताको धर्नाबारे बुझ्न र नेता कार्यकर्ताहरुको गुनासो सुन्न कोइराला सोमबार दिउँसो पार्टी मुख्यालय सानेपा पुगेका थिए।

कोइरालासँगै कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादव, कांग्रेस केन्द्रीय कार्यलयका पूर्व मुख्य सचिवहरु शोभाकर पराजुली र ऋषिकेश तिवारी पनि सानेपा पुगेका थिए।
सानेपा पुगेका कोइरालाले पार्टी विधानभन्दा बाहिर गएर पार्टी कब्जा गर्ने मनसायबाट मनोमानी ढंगले बाँडिएको सदस्यता कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।