काठमाडौं– फिफा विश्वकप फुटबल प्रतियोगिताअघि भएको मैत्रीपूर्ण खेलमा फ्रान्सले इटालीलाई पराजित गरेको छ। फ्रान्सले निसमा भएको खेलमा इटालीलाई ३–१ गोलले पराजित गरेको हो।
फ्रान्सको जितमा उमटिटीले ८ मिनेट, ग्रिजम्यानले २९ मिनेट र डेम्बेलेले ६३ मिनेटमा गोल गरेका थिए। इटालीका लागि बोनुचीले खेलको ३६ मिनेटमा गोल गरेका थिए। यसअघि फ्रान्सले गत सोमबार भएको खेलमा आयरल्यान्डलाई २–० गोलले पराजित गरेको थियो।
फ्रान्स विश्वकपको समूह सीमा छ। यो समूहमा अस्ट्रेलिया, पेरु र डेनमार्क छन्।
समूह सीकै अस्ट्रेलियाले पनि मैत्रीपूर्ण खेलमा चेक रिपब्लिकलाई ४–० गोलले पराजित गरेको छ। अस्ट्रेलियाको जितमा लेकीले ३२ र ७२ मिनेटमा गोल गर्दा नोबोटले ५४ मिनेटमा गोल गरे। ८० मिनेटमा चेकका जुगासले आफ्नै पोस्टमा गोल गरेपछि अस्ट्रेलियाले शानदार जित हात पारेको हो।
अन्य खेलमा इजिप्ट र कोलम्बियाले गोलरहित बराबरी खेलेका छन्। दक्षिण कोरिया भने बोस्निया एन्ड हर्जगोभिनासँग ३–१ गोलले पराजित भएको छ। यता ट्युनिसिया र टर्कीले २–२ गोलको बराबरी खेलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।