काठमाडौं– नेपाली कांग्रेका नेता अर्जुन नरसिंह केसीको संयोजनमा संस्थापन इतरका युवा नेताहरुको छलफल सुरु भएको छ। केसीको संयोजकत्वमा आइतबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फूडल्याण्डमा युवा नेताहरुको छलफल सुरु भएको हो।
केसी नजिक स्रोतका अनुसार सभापति देउवाइतर पक्षबाट सभापतिका लागि साझा उम्मेदवार चयन गर्ने विषयमा युवा नेताहरुबीच छलफल भइरहेको छ।
आइतबारको बैठकमा संस्थापन इतरका युवा नेताहरु सहभागी छन्। बैठकमा चन्द्र भण्डारी, गगन थापा, रामकृष्ण यादव, किरण यादव, प्रदीप पौडेल, धनराज गुरुङ, कल्याण गुरुङ, बद्री पाण्डे लगायत सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।