काठमाडाैं- नेपाल चेम्बर अफ कमर्सले नेपाल र भारतबीच सम्पन्न संशोधित रेलवे सम्झौताको स्वागत गरेको छ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले संशोधित प्रावधानअनुसार प्रस्तुत सम्झौता दुवै देशबीचको व्यापार तथा पारवहन सम्बन्धमा कोशेढुंगा सावित हुने बताए। उनले यसका लागि दुवै देशका सरकारलाई धन्यवादसमेत दिए।
अध्यक्ष मल्लले यसबाट नेपालको वैदेशिक व्यापारमा ठूलो सघाउ पुग्ने बताउँदै चेम्बरले विगत धेरै समयदेखि व्यावसायिक लागत घटाउन पारवहन लागतमा कमी हुनुपर्नेमा जोड दिँदै आएको स्मरण गराए।
संशोधित सम्झौताले पारवहन लागतमा कमी हुन गइ नेपाली उत्पादनका मालवस्तुहरु प्रतिस्पर्धी हुने चेम्बरको विश्वास छ। यसबाट वैदेशिक व्यापार सन्तुलनमा टेवा पुग्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।