काठमाडाैं- नेकपा (एमाले) को आन्तरिक विवाद समाधान गर्नेबारे अन्तिम सहमति गर्न आज बिहान ८ बजेका लागि तय गरिएको एकता कार्यदलको बैठक अझै सुरु हुन सकेको छैन।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीपक्षका सदस्यहरु तोकिएको समयमा नै बैठकस्थल आइपुगेका थिए। तर, वरिष्ठ नेता माधवकुमार नेपालपक्षका सदस्यहरु अझैसम्म पनि बैठकस्थलमा आइपुगेका छैनन्।
शनिबार सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष ओलीपक्षका कार्यदल संयोजक सुवासचन्द्र नेम्वाङले आइतबार बिहान ८ बजे एकताको समाचार सुन्न पाउने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।