• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

आवश्यकभन्दा बढी शक्तिले सरकारलाई स्वेच्छाचारी बनाउने डर

64x64
नेपाल लाइभ शुक्रबार, जेठ १८, २०७५  १६:०२
1140x725

संघीय 8वादी फोरम पनि सरकारमा सामेल भएपछि सरकारको पक्षमा दुर्इ तिहार्इभन्दा बढी मत पुगेको छ। संसद्‌मा सरकारको पक्षमा बहुमत अथवा त्योभन्दा बढी हुनु भनेको सरकारका लागि सुखद कुरा हो। यसले सरकारले ल्याउने हरेक नीति, नियम, कानुन तथा कार्यक्रम संसद्‌बाट सहजै पारित हुन्छन् र सरकार सञ्चालनमा सहज हुन्छ। 

नेपालले विगत लामो समयदेखि भोग्दै आएको भ्रष्टाचार, ढिलासुस्ती, नातावाद, कृपावादको अन्त्य गरी देशमा सुशासन कायम गर्न र जनचाहना बमोजिमको विकास र समृद्धितर्फ लैजान सरकारलार्इ यसले बल प्रदान गर्नेछ। नेपाल विगत झन्डै ७० वर्षदेखि अस्थिर राजनीति, अस्थिर सरकारको भुमरीमा पर्दै आएकाले अहिले स्थिर सरकार र सत्तारुढ दुर्इदल मिलेसँगै स्थिर राजनीतिको पनि अपेक्षा गर्न सकिने अवस्था छ। निर्वाचनमा कुनै एउटा दलले स्पष्ट बहुमत पाएमा उसैले सरकार बनाउँछ। दुर्इ वा दुर्इभन्दा बढी दल मिलेर मोर्चाबन्दी गरेर चुनाव लडे र त्यो मोर्चाले बहुमत पाएमा पनि उसैले सरकार बनाउँछ। 

यसपटक नेकपा एमाले र माओवादी केन्द्र मिलेर चुनाव लडे, उनीहरुले स्पष्ट बहुमत पाए। झन उनीहरुले पार्टी नै एकता गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाइसकेपछि त संसद्‌मा एउटै दलको स्पष्ट बहुमत पुग्यो। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌मा विश्वासको मत लिने बेलामा नेपाली कांग्रेस बाहेकका दलले पक्षमा मतदान गरेर सरकारप्रति सकारात्मक संकेत नै दिए। तर, जब मन्त्री लालबाबु पण्डितले प्रतिपक्षी दल नेपाली कांग्रेसलार्इ समेत सरकारमै आउन आह्वान गरे र सरकारले समेत संसद्‌मा बढीभन्दा बढी समर्थन जुटाउँदै झन्डै तीन चौथार्इ सांसदको समर्थन पायो, तब सरकार कतै निरंकुश त हुने होइन भन्ने चर्चा परिचर्चा सुरु हुन थाल्यो। 

शुक्रबारदेखि उपेन्द्र यादव नेतृत्वको संघीय 8वादी फोरम पनि सरकारमा सामेल भएपछि यो सरकारसँग अब स्पष्ट रुपमा दुर्इ तिहाइ मत पुगेको छ। प्रतिपक्षी कित्तालार्इ कमजोर बनाई सरकार पक्षमा मत बलियो बनाउँदै लैजानु भनेको जनताका पक्षमा काम गर्न सरकारलार्इ सहज हुँदै जानु नै हो। तर, संसद्‌बाट प्राप्त यो असीमित शक्तिको उन्माद लागेमा सरकार स्वेच्छाचारी पनि बन्न सक्छ। सरकारको पक्षमा संसद्‌मा दुर्इ तिहाइ हुनु भनेको संसद् सरकारको नियन्त्रणमा जानु पनि हो। 

सरकारका तीन अंग व्यवस्थापिका (संसद्), कार्यपालिका (सरकार) र न्यायपालिका (अदालत) बीचको शक्ति सन्तुलनले राज्य चल्छ। पछिल्लो समयमा न्यायपालिकामा न्यायाधीश नियुक्तिदेखि नै राजनीतिको कालो छाया पर्न थालेको टिप्पणी भइरहेको छ। यही बेला विविध कारणले न्यायपालिका लामो समयसम्म कायममुकायम नेतृत्वमा रहँदा कार्यपालिकाको दबाब बढिरहेको भनेर आशंका गरिएको छ। न्यायपालिका र व्यवस्थापिकामा सरकारको दबाब बढ्दै गएमा शक्ति सन्तुलन बिग्रन गर्इ नचाहँदा-नचाहँदै पनि सरकार स्वेच्छारी बन्न सक्छ। यसबाट जोगिन सरकारले किन उसलार्इ संसद्‌मा रहेका सबै दल सरकारमै चाहिएको हो, चित्तबुझ्दो जवाफ जनतालार्इ दिन सक्नु पर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

मन्त्री लालबाबु पण्डितको भनार्इ कुन अर्थमा आयो त्यो उनले नै जान्लान्, तर नेपाली कांग्रेस अहिलेसम्म प्रतिपक्षमा छ। उसको भूमिका सशक्त र रचनात्मक प्रतिपक्षको जस्तो बन्न सकिरहेको छैन र सरकार बलियो भएकाले ऊ निरीह बन्दै गएको देखिन्छ। संसद्‌मा कांग्रेसले बोल्न त सक्छ तर त्यसलार्इ सत्ता पक्षले सुनेको नसुन्यै गरिरहेको छ र ऊ केही गर्न सकिरहेको छैन। बालकृष्ण ढुंगेलको कैद माफी प्रकरणमा संसद्‌मा गर्जिएको नेपाली कांग्रेस उनी रिहार्इ भइसक्दासम्म कहाँ छ? कांग्रेसकै कार्यकर्ता प्रश्न गरिरहेका छन्। संसद्‌मा लोकप्रियताका लागि मात्रै गर्जिएको हो भने त्यसको अर्थ त रहला तर प्रभाव रहँदैन। 

संसद्‌मै रहेका तेश्रो र चौथौ शक्ति राजपा नेपाल र संघीय 8वादी फोरमको निर्वाचनको मूल एजेन्डा मधेशका माग सम्बोधनसहित संविधान संशोधन हो। त्यसका लागि उनीहरु सरकारमै जानुपर्ने आवश्यकता थिएन। सत्तारुढ दल र यी दुर्इ दल मिल्दा सजिलै दुर्इतिहाइ पुग्छ र संविधान संशोधन हुनसक्छ। तर, उनीहरु पनि सरकारमै जान हतारिएका छन्। संघीय 8वादी फोरम त सरकारमा गई नै सक्यो। सरकार, (नेकपा) र फोरमबीच भएको दुर्इ बुँदे सहमति जसका आधारमा फोरम सरकारमा सामेल भएको छ, त्यसले संविधान संशोधनको मुख्य मागलार्इ कति सम्बोधन गर्छ, छर्लङ्ग छ। संविधान संशोधन र मधेशी समुदायको समावेशिताबारे योभन्दा पनि बलिया सहमति पहिला भइसकेका थिए तर पालना भएका छैनन्। 

अहिलेसम्म सरकारमा सामेल नभएको तर भनेजस्तो सहमति भए सामेल हुने मुडमा रहेको राजपा नेपालले के गर्छ हेर्न बाँकी छ। ऊ समेत सरकारमा सामेल भए अहिल्यै दुर्इ तिहाइ पुगिसकेको सरकार झन् बलियो हुनेछ। सरकार सञ्चालनका लागि बहुमत भए पुग्नेमा आफूसँग स्पष्ट बहुमत हुँदाहुँदै दुर्इ तिहाइ अथवा त्योभन्दा बढी शक्ति किन आवश्यक हो भनेर जनतालार्इ जवाफ दिन नसकेमा भित्री नियत स्वेच्छाचारी हुनका लागि हो भन्ने तर्क निकाल्न सकिन्छ। 

Xtrem
Xtrem

वाम एकतादेखि नै नेपाली कांग्रेसले 'एकता अधिनायकवाद लाद्नका लागि हो' भनेर आरोप लगाउँदै आएको छ। यदि, त्यही दिशामा सरकार गए बल्ल-बल्ल प्राप्त गरेको राजनीतिक स्थिरता गुम्नेछ। अर्कोतर्फ त्यसो नगरेमा पनि बढीभन्दा बढी दल सरकारमा सामले हुने बित्तिकै त्यसको असर सरकार सञ्चालनमा पर्नेछ। आफूसँग स्पष्ट बहुमत हुँदाहुँदै सरकार सञ्चालनमा अलमल आउने गरी अरु दल थप्ने र प्रतिपक्षी दल लगायत सबैमा शंका उत्पन्न हुनेगरी आवश्यकभन्दा बढी शक्ति आर्जन गर्ने काम सरकारले नगरेकै राम्रो।

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०७५  १६:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द
आज विदेशी मुद्राको विनिमय दर कति ?
सम्बन्धित सामग्री
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना हाल देशभर मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाश... सोमबार, असोज १२, २०८३
निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द चितवन र धादिङमा निरन्तर वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएपछि नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा सबै सवारी साधनको आवागम... सोमबार, असोज १२, २०८३
भेरी नदीको टापुमा फसेका चार जनाको हेलिकोप्टरबाट उद्धार जाजरकोटको भेरी नगरपालिका–१३ कुदुस्थित भेरी नदीमा दाउरा निकाल्न गएका चार जना आइतबार दिउँसो नदीको बीच टापुमा फसेका थिए । नदीमा पानीको... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना सोमबार, असोज १२, २०८३
निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द सोमबार, असोज १२, २०८३
आज विदेशी मुद्राको विनिमय दर कति ? सोमबार, असोज १२, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै सोमबार, असोज १२, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्