काठमाडौं- नेकपा एमाले एकता कार्यदलका सदस्य रघुजी पन्तले सहमतिको प्रतिवेदनलाई अन्तिम रुप दिने प्रयास भइरहेको बताएका छन्। शुक्रबार कार्यदल बैठकबाट बाहिरिने क्रममा नेता पन्तले कार्यदलका नेताहरु बसेर सहमतिको प्रतिवेदनलाई अन्तिम रुप दिने काम भइरहेको बताए।
उनले भने, 'हामीले आ-आफ्ना धारणा राख्यौं। त्यसलाई समेत समेटेर कार्यदलको अन्तिम मस्यौदा बनिरहेको छ। सकेसम्म आजै (शुक्रबार) त्यसलाई टुंग्याउने प्रयास भइरहेको छ।'
आफूहरुले तयार पारेको मस्यौदा शीर्ष नेताहरुले हेरेपछि अन्तिम रुप दिएर सार्वजनिक गरिने पन्तले जानकारी दिए। सहमतिका लागि अन्तिम चरणको छलफल भइरहेको बताउँदै उनी बैठकबाट बाहिरिएका छन्।
'छलफल सकारात्मक भएको छ। सम्भव भएसम्म आजै पूर्ण बनाउने प्रयास हुन्छ,' उनले भने, 'पार्टी एकतालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर केही बुँदामा हामीले थप धारणा राखेका छौं। त्यसलाई समेटेर प्रतिवेदन वा सुझाव वा सहमति पत्र केही बन्छ।'
पन्त अघि बैठकबाट बाहिरिएका कार्यदलका सदस्य शंकर पोखरेलले आज (शुक्रबार) नै टुंगोमा पुग्नेगरी छलफल भइरहेको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।