फाइल तस्बिर
काठमाडाैं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको आसन्न १४औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने संकेत गरेका छन्।
आफूनिकटका अगुवा कार्यकर्ता भेलामा सिटौलाले क्रियाशील सदस्यताको अन्तिम नामावली आएपछि उम्मेदवारीको घोषणा गर्ने बताएका हुन्। सहभागी नेता कार्यकर्ताले उम्मेदवारीबारे प्रश्न उठाएपछि सिटौलाले आफू अघि बढेको बताएका थिए। छलफलमा सहभागीका अनुसार सोमबारको बैठक पूर्वतयारीको क्रममा डाकिएको सिटौला प्रस्ट्याए।
बत्तीसपुतलीस्थित सम्पर्क कार्यालयमा भएको भेलामा उनीनिकट ५० जनाभन्दा बढी अगुवा कार्यकर्ता सहभागी भएका थिए। महाधिवेशन सफल बनाउन उनले जिल्लामा खट्नसमेत निर्देशन दिएका छन्। जिल्लामा अन्य समूहसँग मनमुटाव नगर्न कार्यकर्तालाई उनले सुझाव दिएका थिए।
बैठकमा केन्द्रीय सदस्य शिव हुमागाईं, विद्यार्थी नेता कुन्दनराज काफ्लेलगायतले आफ्नो विचार राखेका थिए। नेताहरु गगन थापा र प्रदीप पौडेल अन्यत्र काम परेकाले उपस्थित हुन नसकेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।