Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

कांग्रेस महाधिवेशन : यी हुन् कर्णालीमा जिल्ला सभापतिका आकांक्षी

64x64
नेपाल लाइभ बुधबार, असार २३, २०७८  ०८:०४
1140x725

काठमाडाैं- नेपाली कांग्रेसको महाधिवेशन मिति नजिकिएसँगै जिल्लामा पनि चुनावी सरगर्मी बढ्न थालेको छ। पार्टीभित्रका समूहले आफ्नो उम्मेदवार तयार गर्न आन्तरिक छलफल अघि बढाएका छन्।

कर्णाली प्रदेशका १० जिल्लामा संस्थापन र इतर समूह आसन्न जिल्ला अधिवेशनमा भिडाउने प्रत्यासीको टुंगो लगाउने क्रममा छन्। कर्णालीमा गत जिल्ला अधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षका सभापति तुलनात्मक रुपमा बढी निर्वाचित भएका थिए।

प्रदेश राजधानी रहेको जिल्ला सुर्खेतमा यसअघि वरिष्ठ नेता पौडेलपक्षका कमलराज रेग्मी निर्वाचित भएका थिए। रेग्मी यसपटक पनि सोही समूहबाट प्रत्यासी हुने सोचमा छन्। पार्टी महामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्लासमेत रहेको सुर्खेतमा संस्थापनपक्ष जित निकाल्ने सुरमा छ। संस्थापनपक्षले प्रदेश सरकारका मन्त्री यज्ञबहादुर बीसीलाई अघि सार्ने बताइएको छ। उनी गत महिना सामाजिक विकासमन्त्रीमा नियुक्त भएका थिए। सभापति शेरबहादुर देउवाको टिमबाट सभापतिका अर्का आकांक्षी, जिल्ला सचिव टोपबहादुर राउत छन्।

दैलेखका जिल्ला नेता घनश्याम भण्डारी संस्थापनपक्षबाट सभापतिमा लड्ने तयारीमा लागेका छन्। उनी क्षेत्रीय सभापति तथा दुल्लु नगरपालिकाका मेयर हुन्। पौडेलपक्षबाट भूपेन्द्र शाही र मणिराम रेग्मी सभापतिका प्रत्यासी छन्। शाही जिल्ला तहका नेता हुन् भने रेग्मी जिल्लाका सिनियर नेता हुन्। क्षेत्रीय सभापति गणेश उपाध्याय पनि आकांक्षी देखिएका छन्।

कालिकोटका जिल्ला सभापति हर्ष बमले फेरि सोही पदको इच्छा राखेका छन्। वर्तमान उपसभापति शंकर उपाध्याय पनि आकांक्षी देखिएका छन्। संस्थापनइतर समूहमा बमको निकटता छ। देउवापक्षका हिम्मत विष्ट बलियो दाबेदार हुन्। तर, उनी बिरामी परेर उम्मेदवारी दिन नसक्ने अवस्थामा रहेको बताइएको छ। देउवा टिमबाट नै मोतिराज बम आकांक्षी छन्। उनी महासमिति सदस्य हुन्। सोही समूहबाट दमन शाही पनि छन्। सहसचिव रहेका उनले देउवा टिमबाट प्रत्यासी हुने लाइनमा छन्।

केन्द्रमा बनेको समीकरणअनुसार जिल्लाका नेताहरु पनि अदलबदल हुने भएकाले को कतापट्टि भन्ने कुराले धेरै अर्थ नराख्ने कर्णालीका एक केन्द्रीय नेता बताउँछन्।

जुम्लामा दीपबहादुर शाही फेरि दोहोरिने प्रयासमा छन्। शाही पौडेल पक्षसँग निकट छन्। देउवापक्षबाट कान्तिका सेजुवाल सभापतिमा दाबी गर्ने मनस्थितिमा छन्। देउवापक्षबाटै हालका जिल्ला सचिव कर्ण शाही पनि सभापतिको उम्मेदवारी दिने ध्याउन्नमा छन्।

मुगुमा खड्गबहादुर शाही थप एकपटक सभापतिको आकांक्षी देखिएका छन्। बाहिर सभापतिको प्रत्यासी हुँ नभने पनि भित्री चाहना उनले राखेको बताइएको छ। उनले अघिल्लो अधिवेशनमा अहिलेको उपसभापति खगेन्द्र मल्ललाई सभापति बनाउने वचन दिएका थिए। संस्थापनइतर पक्षबाट मल्ल सभापतिको बलियो दाबेदार रहेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

देउवा टिमबाट ऐनबहादुर शाहीले उम्मेदवारी दिने तयारी गरेका छन्। उनी भूतपूर्व सभापतिसमेत हुन्।

२०७२ सालको जिल्ला अधिवेशनबाट डोल्पा सभापति बनेका अंगतकुमार बुढा एक पटक फेरि सोही पदमा निर्वाचित हुने चाहना राखेका छन्। उनी संस्थापनइतरका हुन्। देउवाले आमन्त्रित केन्द्रीय सदस्य बनाएका कर्णबहादुर बुढा संस्थापनइतरबाट सभापतिको प्रत्यासी हुने इच्छा व्यक्त गरेका छन्।

हुम्लाका जयपति रोकायाको दुई कार्यकाल सकिएको छ। उनी देउवापक्षका जिल्ला सभापति हुन्। प्रदेश सभामा पराजित थानबहादुर रोकायालाई पौडेल समूहले उठाउने बताइएको छ। देउवापक्षबाट पार्टी सचिव रहेका मोहन सिंहको सम्भावना छ।

जाजरकोटमा अघिल्लोपटक सभापति उठ्दा तीन मतले हारेका देवराज सिंह पौडेलपक्षबाट उठ्दै छन्। सोही समूहबाट मुक्ति आचार्य पनि सभापतिको आकांक्षी छन्। देउवाको पक्षबाट लड्ने उम्मेदवार खुलिसकेका छैनन्। देउवापक्षीय नेता राजीव शाहको निर्देशनअनुसार उक्त पक्षका सभापतिका प्रत्यासी हुने सम्भावना छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जिल्ला नेता सनक कार्की सर्वसहमतिमा बन्ने प्रयासमा छन्। इलम शाहीको पनि जिल्लामा चर्चा सुरु भएको छ। उनी शिक्षक संघको कर्णाली प्रदेशका अध्यक्ष हुन्। जिल्लामा लोकप्रिय रहेका उनले जागिर छोडेर सभापतिमा उठ्ने मनस्थितिसमेत बनाएको बताइएको छ।

सल्यानमा ध्रुव पुरी सभापति बन्ने ध्याउन्नमा छन्। उनी देउवा पक्षधर हुन्। पछिल्लो समय उनी संस्थापनइतरतिर नजिकिएको बताइएको छ। पुरी जिल्ला विकास समितिको सभापति भइसकेका जिल्ला नेता हुन्। जिल्ला समन्वय समितिको सभापति रहेका केशबहादुर डाँगी पनि उक्त जिल्लाबाट दाबी गर्ने मनस्थितिमा छन्।

पश्चिम रुकुममा प्रत्यासी कम रहेको बताइएको छ। गत अधिवेशनबाट विजयी प्रेमप्रकाश वलीलाई दोहोर्‍याउने पक्षमा पौडेल समूह छ। अन्य उम्मेदवार बनाए जित्न नसकिने उक्त पक्षको बुझाइ छ। वलीसँग २०७२ सालमा पराजित भएका कृष्णबहादुर रोकायालाई संस्थापन पक्षले सभापतिमा उठाउने भएको छ।

केन्द्रमा बनेको समीकरणअनुसार जिल्लाका नेताहरु पनि अदलबदल हुने भएकाले को कतापट्टि भन्ने कुराले धेरै अर्थ नराख्ने कर्णालीका एक केन्द्रीय नेता बताउँछन्।

साउन २३ मा एक निर्वाचन क्षेत्र भएको जिल्ला र साउन २६ मा एकभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लामा अधिवेशन गर्ने कार्यतालिका बनाइएको छ।

प्रकाशित मिति: बुधबार, असार २३, २०७८  ०८:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ
नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा?
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
सर्लाहीमा सांसद अमरेश सिंहलाई कालो झण्डा, चार जना पक्राउ शनिबार, मंसिर १२, २०८३
नागरिकता लिनुभन्दा तीन वर्षअघि नै सोनिया गान्धीको नाम कसरी राखियो मतदाता सूचीमा? शनिबार, मंसिर १२, २०८३
१२ वर्षपछि भिक्टोरियाको सत्ता गठबन्धनको हातमा, जेस विल्सन प्रिमियर बन्ने शनिबार, मंसिर १२, २०८३
पृथ्वीराजमार्गको भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता शनिबार, मंसिर १२, २०८३
छठघाटमा वृद्धको हत्या गर्नेलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लियो शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
विश्वकप क्वालिफायर प्लेअपका लागि नेपाली टोली घोषणा, लगातार फ्लप रहेका आशिफ र भुर्तेल अटाउँदा सोमपाल अटाएनन् शनिबार, मंसिर १२, २०८३
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान् पक्राउ शनिबार, मंसिर १२, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्