काठमाडौं- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आज मंगलबार आफू पक्षीय अगुवा कार्यकर्ताको भेला बोलाएका छन्।
बत्तिसपुतलीस्थित सम्पर्क कार्यालयमा आफू निकटका नेता/कार्यकर्तालाई सिटौलाले डाकेका हुन्। सिटौलानिकट केन्द्रीय सदस्य, भातृ र शुभेच्छुक संस्थाका पदाधिकारीलाई छलफलका लागि बोलाइएको छ।
आसन्न महाधिवेशनमा आफ्नो पक्षको धारणा तय गर्न बैठक बोलाएको बताइएको छ। बैठक केहीबेरपछि बस्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।