काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिमा उम्मेद्वारी घोषणा गरेका विमलेन्द्र निधि र डा. शेखर कोइरालाबीच सोमबार दिउँसो महाधिवेशनकेन्द्रित छलफल भएको छ।
दुई नेताबीच करिब दुई घण्टा छलफल भएको हो।
निधिलाई भेट्न डा. कोइराला मध्यवानेश्वरस्थित उनकै निवासमा पुगेका थिए। दुवै नेताले कांग्रेस नेतृत्वको दाबेदारीबाट आफू पछि नहट्ने बताउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।