• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
समाचार टिप्पणी

एमालेको अन्तरसंघर्ष अब ‘अन्तै संघर्ष’तर्फ !

64x64
डिबी खड्का शनिबार, असार १९, २०७८  २२:३४
1140x725

काठमाडौं– नेकपा एमालेको १३ औं केन्द्रीय कमिटी बैठक दृष्यमा पार्टी जीवनलाई निरन्तता दिने केही प्राविधिक निर्णयसहित सकिएको छ। तर, अन्तर्यमा भने यसले एमालेकै सग्लो जीवन धरापमा पारेको छ। एक हिसाबले भन्दा यो बैठकको निर्णयसँगै सग्लो एमालेको जीवन लगभग सकिएको टिप्पणी भइरहेको छ।

केन्द्रीय कमिटी बैठकका निर्णय यो पार्टीका विषयमा चासोचिन्ता हुनेलाई अवगत भइसके। नहुनेले जानकारी पाएर पनि कुनै अर्थ छैन। तर, केन्द्रीय कमिटी बैठक चलिरहँदा बालुवाटारभित्रबाट पैदा भएको तरङ्ग र दुई दिनसम्म भएका गतिविधि भने नेपाली राजनीतिका लागि अहम् छन्। 

बैठकबाट सन्देश दिन खोजिएको छ– अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विभिन्न गतिविधीका कारण अन्तरसंघर्षमा रहेका वरिष्ठ नेता माधवकुमार नेपाल र उनी पक्षीय नेताहरुसहितको एमालेको परिकल्पना गर्न यही बिन्दुबाट छाडिदिए हुन्छ। 

बैठकबाट भन्न खोजिएको छ– नेकपा एमाले बनिरहन चाहने तर मुद्दाका हिसाबले नेपाल पक्षलाई सहयोग गर्नेहरु लखेटिन धेरै दिन बाँकी छैन, आफ्नो ‘सिट’ सुरक्षित गर। अध्यक्ष ओलीले बैठकलाई समापन गर्दा भनिसके, ‘विपक्षमा खुलेआम लागेको छ भने हटिसक्यो भने थाहा पाए हुन्छ, छद्म हो भने थाहा पाएको दिन हट्छ।’

सहमति हैन, ‘सप्रिने’ समय
शुक्रबारकै केन्द्रीय कमिटी बैठकले नेपाल पक्षका २३ जना सांसदलाई सोमबारभित्र हस्ताक्षर फिर्ता लिन ‘अल्टिमेटम’ दिएको छ। त्यतिन्जेलसम्म दुई पक्षको सहमति हुन सक्ने गुञ्जायस ओली पक्षले देखेको छैन। 

अध्यक्ष ओलीले सोमबार वरपर नै सर्वोच्च अदालतको फैसला आउने अनुमान गरेका छन्। केन्द्रीय कमिटीमा उनले शुक्रवार नै अवको चार दिनमा फैसला आउन सक्ने बताएका थिए। 

शनिबार नेपाल पक्षका लागि ‘दोबाटो’ फैसलाअघिसम्म मात्रै रहेको बताएका छन्। उनको भनाइ छ, ‘एमालेमा फर्किने कि अर्कै पार्टीमा जाने भन्ने दोबाटो फैसलाअघि मात्रै हो। त्यसपछि एमालेमा आउने बाटो बाँकी रहँदैन।’

यो पनि पढ्नुहोस्

२३ सांसदसँग माधव नेपालको छलफल, देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता नलिने अडानशनिबार, असार १९, २०७८

नेपालपक्षले ‘एमालेमै रहन अन्तरसंघर्ष’ गरिरहेको बताएर झुठको खेति गरिरहेको ओलीको निष्कर्ष छ। यथार्थ नेपाल पक्षले ‘अर्कै कित्ता’ बनाइसकेको उनले बुझेका छन्। अब नेपाल पक्षका नेता कार्यकर्तालाई सहमति गरेर होइन, ‘सप्रिएर’ एमालेमा फर्किने मौका रहेको प्रष्ट्याएका छन्। त्यसको पनि समयसीमा सर्वोच्चको फैसला मात्रै रहेको उनले उल्लेख गरेका छन्। ओलीले शनिबार भनेका छन्, ‘कोही सप्रिएर आउन पाउँछ। सप्रिने समय कति? कोही–कोहीलाई निको हुन १० वर्ष लाग्ला। त्यतिबेलासम्म पर्खिरहने?’ 

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

ओलीको प्रश्न- हामीलाई वार्ता भनेर अल्झाउने, उता पुत्ला जलाइदिने, एमाले सकिउन्जेल रोकिने?शनिबार, असार १९, २०७८

मुद्दाको फैसला हुुँदासम्म नेकपा एमालेको सरकार ढाल्ने र प्रुमख प्रतिपक्षी दलको सरकार बनाउनेमा हस्ताक्षर कायम राख्नेहरु पार्टीको नेता कार्यकर्ता नहुने उनको भनाइ छ। त्यसैमाथि ‘ओहोदाको बार्गेनिङ’ गरिरहेकाले उनीहरुको ‘काम नभएको’ ओलीले बताएका छन्। 

तत्कालीन प्रयोजनका लागि उनको परिभाषा छ, ‘पार्टीको विरोधमा बोलेर कोही नेता कार्यकर्ता हुन्छ? पार्टी विरोधमा काम गरेर हुन्छ? पार्टीको विचार, संगठन, सुदृढिकरण र विस्तारको पक्षमा छ भने नेतृत्व गरिरहेको छ भने नेता हो। पार्टीको सरकार ढाल्ने उद्देश्यले सक्रिय छ भने होइन।’

दबाबमा ओली–नेपाल फोनसंवाद तर तीतो 
अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको असमझदारीको खाडलको गहिराइ एमालेकै नेताकार्यकर्ताको मापनभन्दा बाहिर पुगिसकेको छ। त्यसैले उनीहरु आफैं संवाद गर्ने अवस्थामा छैनन्। 

नयाँ घाउ पुर्ने होइन, नेताद्वयले खाटा बसिसकेका पुराना घाउ समेत कोट्याएर एकअर्कालाई दुखाउने प्रयास गरिरहेका छन्। एमाले नेता विष्णु रिजालको भाषामा ‘इतिहास लामो भएका’ यी दुई नेताहरु कठोर देखिएपनि ‘भविष्य लामो भएका’ नेताहरु लचक छन्। त्यसैले एमालेमा मडारिइरहेको असारमासको कालो बादलमा चाँदीको घेरा खोज्न दुवै पक्षका दोस्रो पुस्ताका नेताहरु सक्रिय छन्। केही महिनादेखि नै निरन्तर सक्रिय उनीहरुले आइतबारदेखि शनिबारसम्म लगातार छलफल गरे। 

यो पनि पढ्नुहोस्

ओलीलाई नेपालले टेलिफोन संवादमा भने- राजनीतिक र सांगठनिक काेर्स नै नयाँ ढंगले जान्छ, त्यही ढंगले साेच्नुस्शनिबार, असार १९, २०७८

उनीहरुले सहमति हुन नसक्नुको कारण पहिल्याउँदै गए। मुख्य कारण थाहा लाग्यो– दुई नेताबीचको अहम्। त्यसैलाई मेटाउन आ–आफ्नो पक्षमा उनीहरुले संवादका लागि पहल गरे। प्रधानमन्त्री ओली पक्षका नेताहरुको दबाबमा ओलीले बिहीबार बेलुकी नेपाललाई फोन गरेर बैठकमा आउन आग्रह गरे। तर, नेपालले आफूलाई संवाद गर्न समेत रुचि नभएको बताए। 

शुक्रबार दिउँसो बालुवाटारमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले नेपालसँगको फोन संवादबारे जानकारी दिँदै नेपाल त्यसरी प्रस्तुत भएको उल्लेख गरे। ‘मैले भेटौं भनेर हिजो बेलुकी माधवलाई फोन गरें। २०–२५ मिनेट कुरा गरें। भेटौं भन्दा उहाँले मान्नुभएन। मलाई तपाईंको फोन नै उठाउने मन थिएन, साथीहरूको दबाबले मात्र उठाएको हुँ भन्नुभयो,’ ओलीले सुनाए।

यो पनि पढ्नुहोस्

ओलीले केन्द्रीय कमिटीमा भने- फैसला हुँदासम्म जसले हस्ताक्षर फिर्ता लिन्नन्, ती एमाले होइनन्शनिबार, असार १९, २०७८

त्यो संवादले अझ पर पुर्‍याएपछि शनिबार दिउसो नेपाल पक्षका दोस्रो पुस्ताका नेताहरुले ओलीसँग फोनसंवादका लागि दबाब दिए। नेता घनश्याम भूसालले नेपालनिवास कोटेश्वर पुगेर संवाद गर्न लगाए। उक्त संवाद पनि सुखद् हुन सकेन। संवादमा एमाले वरिष्ठ नेता नेपालले अध्यक्ष ओलीलाई राजनीतिक र सांगठनिक कोर्षबारे नयाँ ढंगले सोच्न आग्रह गरेका थिए। तर, नेपालको उक्त प्रस्ताव ‘इग्नोर’ गरे।  

वार्तामा समेत वक्रदृष्टि
संवादबाटै समस्याको समाधान खोज्न सक्रिय दोस्रो पुस्ताका नेताहरु शनिबारदेखि निराश बनेका छन्। दुवै पक्षका शिर्षसहित ‘हार्डलाइनर’ नेताहरुको रुचि विपरित उनीहरुले छलफल कायम राखेका थिए। 

कतिपय सन्दर्भमा मिलनको साझा बिन्दू पहिल्याउन सफल भएपनि कार्यान्वयनको ढंग शिर्ष तहले नपुर्‍याउँदा असफल भएका थिए। प्रधानमन्त्री ओलीले जेठ २३ गते गरेको एकताको प्रस्ताव उनको प्रस्ताव थिएन। दोस्रो पुस्ताका नेताहरुले खोजेको सहमतिको मस्यौदा थियो। तर, नेपाल पक्षले अपनत्व ग्रहण गर्न नपाइ प्रस्तावका भाषामा आएको उक्त मस्यौदाले सहमतिको साझा दस्तावेजको आकार ग्रहण गर्न पाएन।

त्यसपछि पनि उनीहरुले आशा मारेनन्। उनीहरुमा कायम एमाले एक रहने आशा आम एमाले कार्यकर्तामा सञ्चार भइरहेको थियो। तर, शनिबार दुई घन्टा छलफल गरेर उनीहरुले फेरि पनि छलफल गर्ने सहमति गरेका त छन् तर त्यसको औचित्य खोज्न उनीहरुलाई मुश्किल परिरहेको छ। वार्तामा सहभागी एक नेता भन्छन्, ‘हामी छुट्टिनुहुन्न भन्ने ठाउँमा रहँदारहँदै पनि छुट्टिनुपर्ने अवस्थामा आइपुग्ने भयौं।’

उक्त वार्ताका विषयमा नेपालले पहिल्यै निक्र्योल दिइसकेका थिए र समयसीमा समेत तोकेर त्यो घर्किसकेको थियो। त्यसैले दोस्रो पुस्ताका नेपाल पक्षका नेताहरुलाई नेपाल पक्षकै ‘हार्डलाइनर’ले एकता भन्दा पनि आफ्नो व्यवस्थापनमा सक्रिय भएको दृष्टिबाट हेर्थेे र भेलाबैठकमा घोचपेच गर्थे। 

यो पनि पढ्नुहोस्

एमाले दोस्रो तहका नेताहरुबीच छलफल: ओली–नेपालबीच संवाद गराउन पहल गर्ने सहमति शनिबार, असार १९, २०७८

अन्तिमसम्म सहमतिको प्रयास गर्ने पूर्ववचन कायम राख्न नेपाल पक्षका तीन नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य शुक्रबार बिहान बालुवाटार नै पुगे। बैठक केही दिन पर सारेर सहमतिको हात बढाउन प्रस्ताव गरे। ओलीले ‘साथीहरुसँग छलफल गर्ने’ वचन त दिए तर प्रस्तावलाई गम्भीर रुपमा लिएका रहेनछन्। 
त्यसको प्रतिविम्ब शनिबारको केन्द्रीय कमिटीमा समापन सम्बोधन गर्दै गर्दा देखियो। वार्तालाई वक्र दृष्टिले हेर्दै उनले भने, ‘साथीहरु केही समय पर्खिनुपर्‍यो भन्छन्। पुत्ला जलाउनलेलाई पर्खिनुपर्ने? पुत्ला जलाउने कार्यक्रम अझ जिल्ला जिल्लामा पुगेको छैन होला, त्यहाँ पुगुन्जेल पर्खिनुपर्ने?’

ओलीले उता सडक सडकमा पुत्ला जलाइरहने,  दुईजनालाई वार्ता भनेर पठाएर आफूलाई अलमल्याइरहेको आरोप समेत लगाए। थपे, ‘दुईजनाले यसो जादु टुनामुना गरे जस्तो गरिरहने र अरुले देशभरि नै हामी विरुद्ध मोर्चा कसिरहने भयो। हामी लचिला, फराकिला छौं यसको अर्थ केही बुझ्दैनौं, केही देख्दैनौं भन्ने होइन। हामी केही बुझ्दैनथ्यौं भने धेरै तलमाथि परिसक्थ्यो।’

अन्तरसंघर्ष अब ‘अन्तै संघर्ष’तर्फ
शनिबारसम्मका गतिविधिलाई लिएर विश्लेषण गर्ने हो भने एमाले एक रहन अब कुनै भयंकर ‘चमत्कार’ हुनुपर्छ। ‘भौतिकवादी’हरुको पार्टीमा त्यस्तो ‘अभौतिक’ घटना घट्ने सम्भावना देखिदैन।

ओलीले सोमबार बेलुकीसम्म हस्ताक्षर फिर्ता लिएर एमालेको आँगनमा नदेखिनेहरुका लागि सदका लागि एमालेको ‘सटर तान्ने’ बताइसकेका छन्। त्यही विषयलाई लिएर शनिबार छलफलमा जुटेको नेपाल पक्षले हस्ताक्षर फिर्ता गरेर निरीहता नेदेखाउने निर्णय गरेको छ। उनीहरु हस्ताक्षर फिर्ता नलिने अडानमा छन्। 

यो पनि पढ्नुहोस्

माधव नेपालले आफूपक्षीय सांसदहरूसँग भने- नयाँ पार्टी बनाउने रहर होइन, बाध्यता होशनिबार, असार १९, २०७८

त्यही बैठकमा नेपालले नयाँ पार्टी बनाउने रहर नभएको तर बनाउनुपर्ने बाध्यता आइपरेको बताएका छन्। ‘एमालेमै रहने हाम्रो चाहना हो। तर, अर्को पार्टी बनाउने बाध्यता हामीमा आएको छ,’ नेता नेपालको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक सांसदले नेपाल लाइभसँग भने।  नयाँ पार्टीको नामबारे केही टुंगो नलागे पनि सबै कम्युनिस्टहलाई अटाउने गरी पार्टी बनाउने तयारी भएको उनले बताए। र, यही मनोदशामा दुवै पक्ष रहे भने एमालेको अन्तरसंघर्ष ‘अन्तै संघर्ष’मा पुग्ने दिनको काउन्टडाउन सुरु भइसकेको छ। 

प्रकाशित मिति: शनिबार, असार १९, २०७८  २२:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट अर्का व्यक्तिको पनि जीवित उद्धार शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : १ हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ताको खोजी जारी शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्