काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक र सांगठनिक कोर्षबारे नयाँ ढंगले सोच्न आग्रह गरेका छन्।
ओलीसँग भएको टेलिफोन वार्ताका क्रममा नेपालले राजनीतिक र सांगठनिक कोर्स नै नयाँ ढंगले जाने भएकाले नयाँ ढंगले सोच्न भनेका हुन्।
शनिबार आफू पक्षीय २३ जना सांसदहरुसँगको छलफलका क्रममा नेता नेपालले ओलीसँगको टेलिफोन सम्वादका क्रममा भएको कुराकानीको बारेमा जानकारी गराएका थिए।
'राजनीतिक र सांगठनिक कोर्स नै नयाँ ढंगले जान्छ, नयाँ ढंगले सोच्नुहोस् भनेँ,' नेता नेपालले २३ जना सांसदहरुको भर्चुअल बैठमा भनेको विषयलाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने।
आफ्नो प्रस्तावमा ओलीले अहिले त्यस विषयमा कुरा गर्न इच्छुक नरहेको भनेर प्रतिक्रिया दिएको पनि नेता नेपालले बैठकमा जानकारी गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।