• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

ढुंगेलको रिहाइ : दण्डहीनता अन्त्यको प्रतिबद्धतामाथि प्रश्न

64x64
नेपाल लाइभ बिहीबार, जेठ १७, २०७५  १५:४५
1140x725

व्यक्ति हत्यामा सर्वोच्च अदालतबाट दोषी प्रमाणित भई सर्वस्वसहित आजीवन काराबासको सजाय पाएका बालकृष्ण ढुंगेललाई सरकारले ६० प्रतिशत कैद मिनाहा दिएर रिहाइ गरेको छ। विगतमा बाबुराम भट्टराईको सरकारले राष्ट्रपति समक्ष ढुंगेललाई माफीका लागि गरेको सिफारिसप्रति सर्वोच्च अदालतले अदालतको फैसला स्वीकार नगर्ने दोषीलाई माफी दिन नमिल्ने, गम्भीर अपराधमा मिनाहा दिन नमिल्ने आदेश दिएको थियो। 

तर, अदालतको फैसलालाई अस्वीकार एवं फैसला विरुद्ध चुनौती दिँदै हिँडेका, जेलमा बस्दा समेत पीडित, न्यायधीश एवं अधिकारवादीलाई भौतिक आक्रमण गर्ने धम्की दिएका ढुंगेललाई असल चालचलन भएको हास्यास्पद तर्क पेश गर्दै सरकारले रिहाइ गर्‍यो।

सर्वोच्चले ढुंगेललाई पक्रन आदेश दिँदा प्रहरीको फरारी सूचीमा रहेका उनी प्रहरी अधिकृत, प्रधानमन्त्री एवं मन्त्रीसँगै रहेका तस्बिरहरु सार्वजनिक भएका थिए। कानुनी राज्यमा राज्यकै निकायका जिम्मेवार व्यक्तिहरु अभियुक्तसँगै देखिनु तर प्रहरीले नभेटिएको जानकारी दिनु कानुनी राज्यलाई उपहास र पीडित परिवारका लागि पीडादायी रह्यो। दोषी ढुंगेललाई पक्रन र पीडितलाई न्याय दिनका लागि पीडित परिवार एवं मानवअधिकार समुदाय सर्वोच्च अदालत, प्रधानमन्त्री, मानवअधिकार आयोग, गृहमन्त्री, फैसला कार्यान्वयन निर्देशनालय, प्रहरी महानिरीक्षक, प्रमुख जिल्ला अधिकारी लगायतका निकायहरुमा वर्षौंसम्म पटकपटक धाए, कैयौं पटक धर्नाजुलुस गरे, पत्रकार सम्मेलन गरे। तर, सत्ताको आडमा तत्कालीन माओवादीको संरक्षणमा उनी पक्राउ परेनन्।  

माओवादी केन्द्रसँग गठबन्धन टुट्ने भएपछि मात्रै नेपाली कांग्रेस नेतृत्वको सरकारले २०७४ कात्तिकमा ढुंगेललाई पक्राउ गरेको थियो। कानुनी पाटोमा एउटा सरकारले गरेको कामको निरन्तरता त्यसपछि आउने सरकारले समेत गर्छ। सरकारपिच्छे आफूखुसी नियम–कानुनको प्रयोग हुँदैन। तर, देउवा  सरकारले थुनेको कैदी ढुंगेललाई ओली सरकारले राजनीतिक आधारमा ऐन–कानुनको दुरुपयोग गर्दै माफी गरेर रिहाइ गरेको छ। यस घटनाबाट गणतन्त्र/लोकतन्त्र जे तन्त्र आए पनि राजनीतिक स्वार्थका लागि राज्यशक्तिको दुरुपयोग गर्ने राजनीतिक दलहरु एवं सरकारको मानसिकता र कार्यशैलीमा परिवर्तन भएको देखिएन। 

पीडितको रगत र पीडाको जगमा आएको गणतन्त्र दिवसकै दिन तिनै पीडितलाई झन् पीडा हुनेगरी सरकारले पीडकलाई उन्मुक्ति दिएको छ। पीडक पुरस्कृत वा सम्मानित हुने र पीडित सधैं त्रस्त अवस्थामा बाँच्नुपर्ने अवस्थाको सिर्जना भएको छ। ढुंगेलले न त अपराध स्विकारेका छन्, न माफी मागेका छन् न त पीडित परिवारले नै उनलाई माफी दिएको छ।

गृहमन्त्रीले अपराधी, भ्रष्टाचारी, गुन्डा लगायतका कसैलाई नछाड्ने सार्वजनिक भाषण पटकपटक गरिरहेका छन्। तर, ढुंगेल जस्ता गम्भीर अपराधमा दोषी, अदालतको फैसला नै खारेज गर्ने चुनौती दिँदै हिँड्ने, जेलमा बस्दा समेत न्यायाधीश, पीडित एवं अधिकारीवादीलाई धम्क्याउने क्रियाकलाप जारी राखेका ढुंगेललाई गृहमन्त्री माफीमिनाहा दिन लागिपर्छन्। उनी रिहा हुँदा परिवार तथा आफन्तजनले त फूलमाला लगाउनु अनौठो भएन, तर तत्कालीन माओवादी केन्द्रका केन्द्रीय नेताले समेत ढुंगेललाई फूलमाला लगाएर पेरिसडाँडामा स्वागत गरेको फोटो सार्वजनिक हुँदा लज्जाबोध भयो। असल चालचलन भएको नाममा कैद माफी पाएर रिहाइ भएका ढुंगेलले गैरजिम्मेवार र आपत्तिजनक अभिव्यक्ति समेत दिए। 

अदालतमा विचाराधीन मुद्दाहरु सत्य निरुपण तथा मेलमिलाप आयोगमा लैजानुपर्छ भन्ने तर्क विशेषतः तत्कालीन माओवादीले गर्दै आएको छ। सरकारले समयमै आयोग नबनाएर न्यायबाट वञ्चित गरेकाले नै पीडित न्यायको ढोका ढकढक्याउन अदालत जान बाध्य भएका हुन्। आयोग वा अदालतले जहाँबाट अनुसन्धान गरे पनि आखिर घटनाको सत्यतथ्य तथा प्रमाण उही नै हुन्छ, फरक हुँदैन। आयोगले घटनाको सत्यतथ्य अनुसन्धान गरेर अभियोजनका लागि गरेको सिफारिसमाथि अदालतमा मुद्दा चलाउने क्षेत्राधिकार महान्याधिवक्ताको हो र न्याय निरुपण फैसला गर्ने क्षेत्राधिकार अदालतकै हो। 

गठन प्रक्रियादेखि नै द्वन्द्वपीडितहरुले द्वन्द्वरत पक्षहरुले द्वन्द्वकालमा भएका मानवअधिकार उल्लंघनका घटनाहरुमा उन्मुक्ति दिनेगरी सरोकारवालाहरुलाई उपेक्षा गरेर राजनीतिक भागबन्डामा बनाइएका आयोगले पीडितलाई न्याय नदिने भनाइ राख्दै आएका थिए। उच्चस्तरीय र स्वतन्त्र भनिएका आयोगले आफूलाई चाहिने कर्मचारी भर्ना गर्न, आवश्यकता अनुसार बजेट निर्माण एवं रकमान्तर गर्न, आवश्यक कानुनी प्रबन्ध गर्न सक्दैनन्। सरकार र दलको नियन्त्रित छायाको रुपमा रहेका आयोगहरु ऐनले दिएको  कार्यादेश जिम्मेवारी पूरा गर्न उपलब्ध साधनश्रोत उपयोग गर्न एवं पदाधिकारी र कर्मचारी मिलेर सम्भव भएसम्मका काम गर्ने, पारदर्शिता र जवाफदेही वहन गर्नेतर्फ अग्रसरता नै देखाउँदैनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

गम्भीर अपराधमा माफीमिनाहा हुँदैन भनेर सार्वजनिक रुपमा प्रतिबद्धता व्यक्त गरिरहने तर कुनै प्रमाण सत्यतथ्य नखोज्ने र स्वतः माफी दिने योजना अनुरुप आयोगहरुले समय व्यतीत गरिरहेका छन्। सत्यतथ्य अनुसन्धान गर्ने आफ्नो कार्यभार अनुरुप आयोगहरुले घटनाहरुको अनुसन्धान गरेका छैनन्, बरु वर्षौंदेखि आफू र आÏना आफन्तजनमाथि भएका मानवअधिकार उल्लंघनका घटनाहरुको सत्यतथ्य खोजिरहेका पीडितहरुलाई प्रमाण दिन, साक्षीहरु पेश गर्न भनिरहेका छन्। तीन वर्षमा एउटा पनि घटनाको सत्यतथ्य उजागर एवं पीडितले महसुस गर्ने कुनै काम गरेका छैनन्, तर बिनाउपलब्धि र जवाफदेही पटकपटक आयोगहरुको म्याद थपिएको छ। 

सरकार, राजनीतिक दल र आयोगको पीडितलाई काम हुँदैछ भनेर आस देखाईदेखाई थकाउने तर  गम्भीर घटनाको गम्भीर ढंगले अनुसन्धान नगर्ने, न्याय नदिने, गम्भीर अपराधका घटनाहरुमा माफी हुदैन भनिरहने तर स्वतः उन्मुक्ति दिने मनसायमा मिलोमोतो रहेको देखिन्छ। जसबाट राजनीतिका नाममा जस्तोसुकै जघन्य अपराध गरे पनि उन्मुक्ति पाइन्छ भन्ने गलत प्रवृत्ति निरुत्साहित गर्ने तत्परता समेत देखिँदैन। पीडित, नागरिक 8, आमजनमानसको चर्को विरोधबीच सरकारले सत्ताको आडमा ढुंगेललाई गरेको माफी प्रकरणबाट सरकारको संक्रमणकालीन न्याय, कानुनी शासन एवं दण्डहीनताको अन्त्य गर्नेे प्रतिबद्धतामाथि प्रश्न उठेको छ। 

नयाँ सरकार गठनपश्चात् सर्वोच्चको फैसला बमोजिम आयोग ऐन संशोधन गर्ने प्रतिबद्धता स्वरुप सरोकारवालाहरुसँग केही परामर्श पनि सुरु भएका थिए। तर, राज्यको स्वतन्त्र निकाय सर्वोच्च अदालतले दिएको आदेश विपरीत राज्यशक्तिको आडमा ढुंगेललाई माफी दिएर रिहाइ गर्ने सरकारले अदालतको फैसला बमोजिम ऐन संशोधन गर्छ, सरकार र दलको नियन्त्रणमा रहेका आयोगले स्वतन्त्र, निष्पक्ष र कार्याभार अनुसार प्रभावकारी सत्यतथ्य अनुसन्धान र सिफारिस गर्छन् भनेर विश्वास गर्ने आधार देखिँदैन। विगतमा मानवअधिकार उल्लंघनका सम्बन्धमा कुनै पनि अनुसन्धान आयोगहरुका सिफारिसहरु कार्यान्वयनका नगरिएको पृष्ठभूमिमा आफैंले जवाफदेही वहन गर्नुपर्ने गरी सत्य निरुपण आयोगले दिएको सिफारिस सरकारले अक्षरशः कार्यान्वयन गर्छ, अनि पीडितले न्याय पाउँछन्, कानुनका नजरमा जेसुकै वादका नाममा गरेका गम्भीर अपराध कानुनसामु दण्डनीय हुन्छन् भनेर कसरी विश्वास गर्न सकिन्छ? 

साथै, पीडितको पक्षमा कुनै उपलब्धि दिन नसक्ने, पीडित लगायतका सरोकारवालाहरुले विश्वास समेत जित्न नसक्ने, समय र साधन–स्रोत खर्च मात्र गर्ने विद्यमान सरकारनियन्त्रित सत्य निरुपण एवं बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको यथास्थितिको निरन्तरता र औचित्यमाथि गम्भीर प्रश्नचिह्न उब्जिएको छ।

Xtrem

Xtrem

[email protected]

प्रकाशित मिति: बिहीबार, जेठ १७, २०७५  १५:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ?
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने
सम्बन्धित सामग्री
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने जल तथा ऊर्जा आयोगको सचिवालय अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरका साना तथा ठूला अधिकांश नदीहरूमा पानीको बहाव स... सोमबार, असोज १२, २०८३
लखनदेई खोलामा आएको बाढीले भाडसर खुटौनाको बस्ती र धान खेत डुबानमा लखनदेई खोलामा आएको बाढीले बाँध भत्काउँदा सर्लाहीको मलङ्गवा नगरपालिका–५ स्थित भाडसर डुबानमा परेको छ । बाढीले भाडसर गाउँलाई चारैतिरबाट... सोमबार, असोज १२, २०८३
अविरल वर्षापछि आएको बाढीपहिरोमा २१ जनाको मृत्यु बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण असोज ८ देखि ११ गतेसम्म देशभर भएको भारी तथा अति भारी वर्षा पश्चात देशका विभिन्न स्था... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ सोमबार, असोज १२, २०८३
हर्मुज जलमार्गमा रहेको अमेरिकी अन्डरवाटर ड्रोन कब्जा गरेको इरानको दाबी सोमबार, असोज १२, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? सोमबार, असोज १२, २०८३
आगामी तीन दिन देशभरका अधिकांश नदीहरूको बहाव सामान्य रहने सोमबार, असोज १२, २०८३
लखनदेई खोलामा आएको बाढीले भाडसर खुटौनाको बस्ती र धान खेत डुबानमा सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्