काठमाडाैं- क्रियाशील सदस्यता विवादमा नेताहरुबीच सहमति बन्न नसकेपछि कांग्रेसका शीर्ष नेताको बैठक शुक्रबारलाई सारिएको छ।
आन्तरिक रुपमा थप छलफल आवश्यक भएकाले आजका लागि तय भएकाे बैठक भोलि बस्ने गरी रोकिएको नेता अर्जुननरसिंह केसीले जानकारी दिए।
अन्य दलबाट आएकालाई क्रियाशील सदस्यता कुन रुपमा प्रदान गर्ने भन्ने विवाद पार्टीभित्र कायम छ। संस्थापन पक्षले समायोजन समितिले गरेको निर्णय अनुसार सबैले क्रियाशील सदस्यता प्राप्त गर्नुपर्ने तर्क राखेको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले अन्य कार्यकर्ताले पुर्याएको विधि अनुसार तलदेखि प्रक्रिया अनुसार क्रियाशील सदस्य दिनुपर्ने अडान लिएको छ।
क्रियाशील सदस्यतामा सूचीकृत भएका विवादित नाम टुंगाउन मापदण्ड बन्न सकेको छैन। मापदण्डकै अभावमा तोकिएभन्दा बढी नाम आएका स्थानका सूचीकृत सदस्यतालाई कुन रुपमा सम्वोधन गर्ने अन्योल कायम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।