• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस ९, २०८२ Wed, Dec 24, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बढ्दो अन्तर्राष्ट्रिय रक्षा बजेट : अमेरिका, चीन र साउदीको सैन्य खर्च धेरै

64x64
नेपाल लाइभ शुक्रबार, जेठ १८, २०७५  ००:१८
1140x725

काठमाडौं- विश्वमा सन् १९९० को दशकमा शीतयुद्ध अन्त्य भयो। युएसएसआर विघटन भएसँगै अन्त्य भएको शीत युद्धताका विश्वमा शक्तिका लागि विभिन्न राष्ट्रबीच हतियारको होडबाजी नै चल्यो। अहिले पनि त्यो समयको प्रतिस्पर्धाले निरन्तरता पाएको छ र सन् २०१७ मा शीत युद्ध यताकै ठूलो धनराशी रक्षा बजेटका लागि विश्वका ३ राष्ट्रले छुट्याए।

स्टकहोम इन्टरनेसनल पिस रिर्सच इन्स्टिट्युटले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार सन् २०१७ मा अन्तर्राष्ट्रिय रक्षा बजेट १ दशमलव १ प्रतिशतले बढ्दै १ दशमलब ७३ ट्रिलियन अमेरिकी डलर पुग्यो।

सार्वजनिक गरिएको सूचीको पहिलो स्थानमा ६१० अर्ब अमेरिकी डलर सैन्य बजेटसहित अमेरिका छ र अमेरिकाले आफ्नो स्थान अघिल्ला वर्षहरु जस्तै यथावत राखेको छ। अझ यो वर्ष पनि अमेरिकाले आफ्नो रक्षा बजेट बढाउने आँकलन गरिएको छ।

दोस्रो स्थानमा २२८ अर्ब अमेरिकी डलरसहित चीन छ। अन्तर्राष्ट्रिय रक्षा थिंक ट्यांकका रुपमा रहेको उक्त संस्थाले चीनले सन् २००८ यता आफ्नो रक्षा बजेट १३ प्रतिशतले बढाइसकेको उल्लेख गरेको छ।

सैन्य र रक्षा बजेटको आधारमा सन् २०१७ मा साउदी अरेबिया रसियालाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको छ। साउदी अरेबियाले सन् २०१७ मा ६९ दशमलव ४ अर्ब अमेरिकी डलर रक्षा र सैन्य क्षेत्रमा खर्च गरेको छ।

यता, रसियाले भने आफ्नो सैन्य र रक्षा खर्च २० प्रतिशतले घटाएको छ। सन् १९९८ यताको पहिलो कटौती पछि रसियाको रक्षा बजेट ६६ दशमलब ३ अर्ब अमेरिकी डलर पुगेको छ। स्टकहोम इन्टरनेसनल पिस रिर्सच इन्स्टिट्युटले घट्दै गएको तेलको मूल्यका कारण रसियाको रक्षा बजेट घटेको आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।

गत वर्ष भारतले पनि फ्रान्सलाई पन्छाउँदै पाँचौं स्थान ओगटेको छ। भारतले सन् २०१७ मा ६४ अर्ब अमेरिकी डलर रक्षा बजेट छुट्याएको छ।

Ncell 2
Ncell 2

सन् २०१७ मा फ्रान्सको रक्षा बजेट भने ५७ दशमलब ८ अर्ब अमेरिकी डलर, बेलायतको ४७ दशमलब २ अर्ब डलर, जापानको ४५ दशमलब ४ अर्ब डलर, जर्मनीको ४४ दशमलब ३ अर्ब डलर र दक्षिण कोरियाको ३९ दशमलब २ अर्ब डलर छ।

सन् २०१७ मा नेटोमा आबद्ध रहेका राष्ट्रहरुले ९ सय अर्ब अमेरिकी डलर सैन्य खर्चको रुपमा छुट्याएका छन्, जुन विश्वको रक्षा बजेटको ५२ प्रतिशत भएको स्टकहोम इन्टरनेसनल पिस रिर्सच इन्स्टिट्युटले जनाएको छ।

सैन्य शक्तिको आधारमा शक्तिशाली मानिएका राष्ट्रहरु

सैन्य शक्तिका आधारमा विभिन्न देशको वर्गीकरण गर्दै आएको ग्लोबल फायर पावरले सन् २०१८ को वर्गीकरण पनि सार्वजनिक गरेको छ। विभिन्न ५५ आधारलाई मध्यनजर गर्दै वर्गीकरण गरिएका विभिन्न १ सय ३६ राष्ट्रमध्ये सबैभन्दा शक्तिशाली संयुक्त राज्य अमेरिका छ। 

सन् २०१८ को सूचीमा दोस्रो स्थानमा रसिया छ भने तेस्रो स्थानमा चीन, चौथोमा भारत र पाँचौंमा युरोपको सैन्य र शक्ति केन्द्र मानिएको फ्रान्स छ। पहिलो ५ स्थानमा रहेका राष्ट्रहरुको सूचीमा केही परिवर्तन भएको छैन तर त्यसपछिका ५ अर्थात् नम्बर ६ देखि १० सम्म भने यो वर्ष परिवर्तन देखिएको छ।

यो वर्षको वर्गीकरणमा बेलायत छैठौं स्थानमा उक्लिएको छ भने सातौं स्थानमा दक्षिण कोरिया आएको छ। यो वर्षको वर्गीकरणमा ओरालो लागेका जापान आठौं, टर्की नवौं र जर्मनी दसौं स्थानमा छन्।

इटाली भने ११औं स्थानमा यथावत छ। मध्यपूर्वको सैन्य शक्ति केन्द्र मानिएको इजिप्ट ओरालो लाग्दै १२औं स्थानमा पुगेको छ भने सूचीको १३औं स्थानमा इरान उक्लिएको छ। इरानलाई पछ्याउँदै ब्राजिल १४औं स्थानमा उक्लिएको छ भने १५औं स्थानमा इन्डोनेसिया, १६औं मा इजरायल, १७औं मा पाकिस्तान क्रमशः सूचीमा घट्दो क्रममा छन्।

सन् २०१७ मा विभिन्न आणविक परीक्षण गरी सफलता हासिल गरेको उत्तर कोरिया सूचीको १८औं स्थानमा उक्लिएको छ। स्पेनले पनि आफ्नो सामर्थ्य बढाउँदै १९औं स्थानमा पुगेको छ। यो वर्ष भियतनाम भने २०औं स्थानमा झरेको छ।

सार्कमा सम्मिलित राष्ट्रहरुको वर्गीकरण गर्ने हो भने पहिलो स्थानमा भारत आउँछ। १ सय ३६ राष्ट्रको नाम उल्लेखित सूचीमा भारत चौंथो स्थानमा आउँछ भने सार्क क्षेत्रमै दोस्रो नम्बरमा आउने पाकिस्तान सूचीको १७औं स्थानमा छ।

सार्क क्षेत्रमै तेस्रो स्थानमा रहेको बंगलादेश समग्रमा ५६औं स्थानमा छ भने सार्कमा चौंथो स्थानमा रहेको अफगानिस्तान समग्रमा ७१औं स्थानमा छ। सार्क क्षेत्रको पाँचौं सैन्य शक्तिशाली राष्ट्रका रुपमा रहेको श्रीलंका सूचीको ८९औं स्थानमा छ। सार्कको छैठौं शक्तिशाली राष्ट्रमा दरिएको नेपाल समग्रमा १०१औं स्थानमा छ। नेपालपछि सार्क राष्ट्रको ७औं शक्तिशाली राष्ट्र भुटान सूचीको अन्तिम अर्थात् १३६औं स्थानमा छ। सूचीमा माल्दिभ्सको नाम भने सम्मिलित गरिएको छैन।

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०७५  ००:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
वडा र क्षेत्रपछि केन्द्रीय महाधिवेशन गर्न काँग्रेस बैठकमा गगन थापाको नयाँ प्रस्ताव
ज्ञानेन्द्र शाही ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस
सर्वपक्षीय सरकार गठन गर्न ‘विप्लव’ नेतृत्वको नेकपाको माग
सम्बन्धित सामग्री
प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, सहलेखापाल उपेन्द्रकुमार साह र स्थानीय जनप्रतिबिम्ब दैनिकका प्रकाशक तथा प्रधानसम्... बुधबार, पुस ९, २०८२
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल जेन जेड आन्दोलनका क्रममा भदो २४ गते आगजनीमा परेर गम्भीर घाइते भएकी नेता झलनाथ खनालको पत्नी  चित्रकारको स्वास्थ्य अवस्थाबारे जानकारी... बुधबार, पुस ९, २०८२
भौतिक पूर्वाधार विकास कार्यालय खोटाङबाट ११२ वटा आयोजनाको ठेक्का आह्वान ठेक्का आह्वान भएका आयोजनाका लागि सम्बन्धित निर्माण कम्पनीसँग सम्झौताको प्रक्रियासमेत अगाडि बढेको भौतिक पूर्वाधार कार्यालयका प्रमुख व... बुधबार, पुस ९, २०८२
ताजा समाचारसबै
प्रदेशको समानुपातिक सूचीमा रहेका १९ जनाको नाम हटाउने काँग्रेसको निर्णय बुधबार, पुस ९, २०८२
वडा र क्षेत्रपछि केन्द्रीय महाधिवेशन गर्न काँग्रेस बैठकमा गगन थापाको नयाँ प्रस्ताव बुधबार, पुस ९, २०८२
ज्ञानेन्द्र शाही ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस बुधबार, पुस ९, २०८२
सर्वपक्षीय सरकार गठन गर्न ‘विप्लव’ नेतृत्वको नेकपाको माग बुधबार, पुस ९, २०८२
सरकारी टोलीले गर्‍यो रास्वपा पार्टी कार्यालय अनुगमन बुधबार, पुस ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
रवि र बालेनबीच ६ घण्टा लामो छलफलमा के के भयो? मंगलबार, पुस ८, २०८२
जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलायो मंगलबार, पुस ८, २०८२
सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्