• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत ३, २०८२ Tue, Mar 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

के एमाले जेठ २ मा फर्कियो?

64x64
नेपाल लाइभ बुधबार, असार १६, २०७८  २०:५१
1140x725

काठमाडौं- नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई खारेज गर्ने र पार्टीलाई २०७५ जेठ २ को स्थितिमा फर्काउने भनेर चर्चा गरिएको बुधबारको एमाले बैठक त्यस हिसाबले पनि बहुप्रतीक्षित थियो। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा डाकिएको बैठकमा एमालेको ‘विद्रोही’ खेमा, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालपक्षका नेता पनि सहभागी हुनसक्ने चर्चा चले पनि उनीहरु बैठकमा भने सहभागी भएनन्।

अघिल्लै दिन, मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटी खारेज गर्ने निर्णय गरिसकेको भए पनि बुधबार पुनः आयोजक कमिटी बैठक बोलाइएको थियो र अन्तिम बैठक भएकाले नै यसलाई अर्थपूर्ण मानिएको थियो। बैठकपछि ओलीपक्षका नेताहरुले एमाले २०७५ जेठ २ अर्थात् तत्कालीन माओवादीसँग एकता हुनुभन्दा पूर्ववत् अवस्थामा फर्किएको दाबी गरे।

तर, दाबी जेजस्तो गरिए पनि एमाले अध्यक्ष ओलीले त्यसो (माधव नेपाल पक्षको माग अनुसार पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा फर्काउने निर्णय) गर्न अस्वीकार गरेको दखिएको छ। बुधबार बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमार्फत अदालतले वैधानिकतामा प्रश्न उठाएको सो कमिटीलाई केन्द्रीय कमिटीमै रुपान्तरित गर्नुबाहेक अन्य नयाँ निर्णय गरिएको छैन।

ओलीले फागुन २८ गते आफू पक्षका सिमित केन्द्रीय सदस्यलाई बालुवाटार बोलाएर बैठक राखेका थिए। सोही बैठकमा उनले नेकपा माओवादी केन्द्र परित्याग गरी एमाले हुन आएका रामबहादुर थापा 'बादल'सहित २३ जनालाई केन्द्रीय कमिटीमा मनोनित गरेका थिए। चैत ७ गतेको केन्द्रीय कमिटीको बैठकमार्फत सो कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरिएको थियो, बुधबार त्यसलाई पुनः पूर्ववत् अवस्थामा फर्काइएको छ।

महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमै रुपान्तरित भएपछि त्यसले गरेका कैयौं निर्णयहरु स्वतः असान्दर्भिक भएका छन्। ‘२०७८ वैशाख १२ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको तेस्रो बैठक र जेठ १० गते बसेको स्थायी कमिटीको सातौं बैठकले पार्टीका कतिपय नेता तथा कार्यकर्तामाथि कारबाही गरिएको अवस्था थियो। महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरित गर्ने यो फैसलासँगै त्यो कारबाही निष्प्रभावी भएको छ। अब त्यो कारबाहीको कुनै सन्दर्भ रहेन’, बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने।

वैशाख ६ गते बसेको एमालेको महाधिवेशन आयोजक कमिटीको निर्णयअनुसार सोही दिनको मिति राखेर ७ गते पहिल्यै निलम्बन गरिएका चार जनासहित माधव नेपाल पक्षका २७ जनालाई स्पष्टीकरण सोधिएको थियो। १६ गते पुनः तीन जनालाई स्पष्टीकरण सोधिएको थियो। तर, वैशाख ३० गते बसेको स्थायी कमिटीको बैठकले ‘वातावरण सहज बनाउन’ भन्दै निलम्बन फुकुवा गरिएको थियो। तर, जेठ १० गते बसेको स्थायी कमिटीले माधव नेपाल र झलनाथ खनाल सहित ११ जनालाई पार्टीबाट निष्कासन गरिदिएको थियो। त्यस्तै, थप १२ जनालाई पनि स्पष्टीकरण सोधिएको थियो।

महाधिवेशन आयोजक कमिटीको अधिकार प्रयोग गर्दै गरिएका यी निर्णय सो कमिटीको खारेजीसँगै असान्दर्भिक भएका हुन्।

माधव नेपाल पक्षको माग भने २०७५ जेठ २ गते पार्टीको अवस्था जस्तो थियो, सोही अनुसार अगाडि बढ्नुपर्छ भन्ने छ। यसमा भने बुधबारको महाधिवेशन आयोजक कमिटीको बैठकले नेपाल पक्षलाई उत्साहित हुने निर्णय गरेको छैन। माओवादीसँग एकता गर्ने बेला एमालेमा थपिएका केन्द्रीय सदस्य र स्थायी कमिटी सदस्य मात्रै होइन, माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका नेताहरुलाई समेत कायम राखिएको छ। 

Ncell 2
Ncell 2

एकताअघि एमालेको केन्द्रीय कमिटीमा ३८ जना र स्थायी कमिटीमा ४ जना थपिएको थियो। जसअनुसार एकता प्रक्रियामा एमालेको तर्फबाट केन्द्रीय कमिटीमा २४१ र स्थायी कमिटीमा २६ जना समावेश भएका थिए। ओलीले स्थायी कमिटीबाट यसअघि बाहिर राखेका माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका सदस्यहरुलाई निरन्तरता दिएका छन् तर, माओवादीबाट आएका बादल लगायतलाई पनि निरन्तरता दिएका छन्। अर्थात्, उनले पार्टीलाई एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेकपाको बाँकी रहेको अंशलाई निरन्तरता दिएका छन्।

ओली पक्षको यो निर्णयलाई नेपाल पक्षले भन्दै आएको अवस्थामा पार्टीलाई फर्काउने निर्णयको रुपमा ओली पक्षले अर्थ्याएको छ। ‘आजदेखि परिस्थिति विल्कुल परिवर्तन भएको छ। उहाँहरु (नेपाल पक्ष) ले जे भन्दै आउनुभएको थियो, पार्टी एक ठाउँमा फर्किएको छ, मलाई विश्वास छ, सबै साथीहरु एकतामा फर्किएर काममा लाग्नुहुन्छ, सक्रिय हुनुहुन्छ’, ज्ञवालीको भनाइ छ।

तर, ओली पक्षको भनाइसँग माधव नेपाल-झलनाथ खनाल पक्ष सहमत छैन। बुधबारको निर्णयले पार्टीलाई जेठ २ मा नफर्काएको सो पक्षको भनाइ छ। ‘जेठ २ मा फर्काउने भन्नुको मतलब २०३ जनाको केन्द्रीय कमिटी हो। अहिले उहाँहरुले २६१ जनाको केन्द्रीय कमिटी भन्नुभएको छ। त्यो भनेको नेकपा बन्दाखेरीको कमिटीको कुरा भयो। एमालेको कुरा भएन’, वेदुराम भुसाल भन्छन्।

नेपाल–खनाल पक्षका अर्का नेता रघुजी पन्तले भने बुधबारको निर्णय एकपक्षीय ढंगले गरिएकाले आफूहरूलाई स्वीकार्य नभएको बताएका छन्। ‘जसरी निर्णय गरेको भनियो, जुन ढंगले सरसल्लाहविना एकपक्षीय रुपमा निर्णय गरिएको छ, त्यस्ता निर्णय र त्यसरी राखिएका बैठक दुवै हामीलाई स्वीकार्य छैन’, उनले भने।

नेपाल पक्षका कतिपय नेताहरुले नै ओली पार्टीलाई जेठ २ को स्थितिमा फर्काउन तयार रहेको भन्दै अब एकताको सम्भावना बढेको बताइरहेका थिए। प्रवक्ता ज्ञवालीले अर्को पक्षले एकता चाहेको हो भने आजका निर्णय पर्याप्त रहेको भन्दै आफ्नो पक्षको ‘पोजिसन’ प्रष्ट पारेका छन्। तर, सार्वजनिक भइरहेका प्रारम्भिक धारणामा एमाले एकताको सम्भावना भने अझै पर धकेलिएको देखिन्छ।

एकताका लागि ओली पक्षले गरेको बुधबारको निर्णयले उनी एकताको पक्षमा नरहेकै पुष्टि हुने भुसालको भनाइ छ। ‘जेठ २ मा जाने भनेर हिजो अस्ति साथीहरुले हल्ला गर्नुभयो। आज निर्णय भने अर्कै आयो। अर्थात्, हल्ला एउटा र निर्णय अर्कै गर्नुभयो’,उनी भन्छन्।

यो पनि पढ्नुहोस्

ओली पक्षले गरेको निर्णय स्वीकार नगर्ने माधव नेपाल पक्षको टिप्पणी, १८ गतेको केन्द्रीय कमिटी बैठकमा नजानेबुधबार, असार १६, २०७८

 

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  २०:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गृहमन्त्रीसमक्ष यातायात क्षेत्रसम्बन्धी सर्वोच्चको आदेश कार्यान्वयन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन पेस
इरानका सुरक्षा प्रमुख अलि लारीजानी मारिएको इजरायलको दाबी
रवि लामिछानेको रिटमा बिहीबार सुनुवाइ हुने
सम्बन्धित सामग्री
गृहमन्त्रीसमक्ष यातायात क्षेत्रसम्बन्धी सर्वोच्चको आदेश कार्यान्वयन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन पेस अयोगका अध्यक्ष दीपक सुवेदीसहित पदाधिकारीको टोलीले आज मन्त्री अर्याललाई प्रतिवेदन बुझाएको हो। त्यस अवसरमा गृहमन्त्री अर्यालले छिट्टै... मंगलबार, चैत ३, २०८२
रास्वपाको जनादेश प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा पूर्वराष्ट्रपति यादवको जोड मंगलबार काठमाडौँमा विपुल पोख्रेलद्वारा लिखित पुस्तक ‘संकल्पन’ को विमोचन कार्यक्रममा बोल्दै उनले विगतका निर्वाचनहरूमा कुनै एक दलले प्... मंगलबार, चैत ३, २०८२
ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने राप्रपाको तयारी शाही यसपटक प्रत्यक्ष निर्वाचनबाट विजयी भएका एक्ला उम्मेदवार हुन्। मंगलबार, चैत ३, २०८२
ताजा समाचारसबै
श्रम मन्त्रालयले ७ देशमा मात्रै पुनः श्रम स्वीकृति दिने मंगलबार, चैत ३, २०८२
गृहमन्त्रीसमक्ष यातायात क्षेत्रसम्बन्धी सर्वोच्चको आदेश कार्यान्वयन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन पेस मंगलबार, चैत ३, २०८२
इरानका सुरक्षा प्रमुख अलि लारीजानी मारिएको इजरायलको दाबी मंगलबार, चैत ३, २०८२
रवि लामिछानेको रिटमा बिहीबार सुनुवाइ हुने मंगलबार, चैत ३, २०८२
रास्वपाको जनादेश प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा पूर्वराष्ट्रपति यादवको जोड मंगलबार, चैत ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
१ करोड १६ लाख नगदसहित काठमाडाैंबाट दुई हुन्डी कारोबारी पक्राउ सोमबार, चैत २, २०८२
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण, आगलागीपछि उडान ठप्प सोमबार, चैत २, २०८२
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी मंगलबार, चैत ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्