• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, चैत ३, २०८२ Tue, Mar 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओली पक्षले गरेको निर्णय स्वीकार नगर्ने माधव नेपाल पक्षको टिप्पणी, १८ गतेको केन्द्रीय कमिटी बैठकमा नजाने

64x64
नेपाल लाइभ बुधबार, असार १६, २०७८  १७:३२
1140x725

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्षले बुधबार १०औं महाधिवेशन आयोजक कमिटीको बैठक राखेर गरेका निर्णयबाट पार्टी २०७५ जेठ २ को अवस्थामा फर्किएको बताएको छ। यो एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले राख्दै आएको प्रमुख अडान हो।

ओली पक्षको स्थायी कमिटी बैठकले मंगलबार नै महाधिवेशन आयोजक कमिटी भंग गर्ने निर्णय गरेपनि बुधबार भंग भइसकेको सोही कमिटीको बैठक बालुवाबाटरस्थित प्रधाननमन्त्री ओलीको सरकारी निवासमा बसेको थियो। बैठकले महाधिवेशन आयोजक कमिटी भंग भएको घोषणा गर्‍यो र तत्कालीन एमालेको केन्द्रीय कमिटीलाई सक्रिय बनाउने निर्णय गर्‍यो।

यही निर्णयलाई ओली पक्षले एमाले २०७५ जेठ २ मा फर्किएको रुपमा अर्थ्याएको छ। र, शुक्रबारका लागि केन्द्रीय कमिटी बैठक पनि डाकेको छ।

के यो निर्णयबाट नेपाल–खनाल पक्षले राख्दै आएको अडान सम्बोधन भयो? अनि नेपाल–खनाल पक्ष शुक्रबारको बैठकमा सहभागी हुन्छ?

हामीले यो प्रश्न नेपाल–खनाल पक्षका नेता रघुजी पन्तलाई सोधेका थियौं। पन्तले यो निर्णय एकपक्षीय ढंगले गरिएकाले आफूहरूलाई स्वीकार्य नभएको नेपाल लाइभलाई बताए।

Ncell 2
Ncell 2

‘जसरी निर्णय गरेको भनियो, जुन ढंगले सरसल्लाहविना एकपक्षीय रुपमा निर्णय गरिएको छ, त्यस्ता निर्णय र त्यसरी राखिएका बैठक दुवै हामीलाई स्वीकार्य छैन’, उनले भने।

२०७५ जेठ २ मा फर्काइएको भनिए पनि बुधबारको बैठकले जेठ ३ गतेको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ, जसमा एमालेको नवौं महाधिवेशनबाट निर्वाचित बाहेक ३८ जना केन्द्रीय स्दस्य थपिएका थिए।

त्यसैगरी, माओवादीबाट आएका चार जना नेतालाई पनि स्थायी कमिटी सदस्य मनोनयन गर्ने निर्णय बुधबारको बैठकले गरेको छ। यसलाई नेपाल-खनाल पक्षले जेठ २ मा फर्केको मान्न नसकिने भनेको छ।

‘यो कुरा पनि छाडिदिऔं, अब कसरी अगाडि बढ्ने र बैठक कहिले राख्ने भनेर तय गर्ने जिम्मेवारी १० (दुवै पक्षका पाँच–पाँचजना नेता) जनाको कार्यदलले तय गर्नुपर्थ्यो। पहिले कार्यदलको बैठक बसेर सहमति जुटाउनुपर्थ्यो, त्यहीँबाटै कसरी अघि बढ्ने भनेर तय गरिनुपर्थ्यो’, पन्तले भने, ‘त्यो केही नगरी एकपक्षीय रुपमा गरेको निर्णय स्वीकार्ने कुरै हुन्न।’

पन्तले नेताहरूमाथि गरिएको कारबाही निष्क्रिय भएको भन्ने निर्णयलाई ‘वाहियात’ भएको टिप्पणी गरे। बुधबारको बैठकले नेपाल, खनालसहितका नेतामाथिको कारबाही अब निष्क्रिय हुने निर्णय गरेको थियो।

‘आयोजक कमिटी खारेज भएको हो भने त्यो अवैध कमिटीले गरेका निर्णय पनि स्वतः खारेज भए भनेर निर्णयमा उल्लेख गर्नुपर्छ’, पन्तले भने।

प्रकाशित मिति: बुधबार, असार १६, २०७८  १७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गृहमन्त्रीसमक्ष यातायात क्षेत्रसम्बन्धी सर्वोच्चको आदेश कार्यान्वयन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन पेस
इरानका सुरक्षा प्रमुख अलि लारीजानी मारिएको इजरायलको दाबी
रवि लामिछानेको रिटमा बिहीबार सुनुवाइ हुने
सम्बन्धित सामग्री
गृहमन्त्रीसमक्ष यातायात क्षेत्रसम्बन्धी सर्वोच्चको आदेश कार्यान्वयन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन पेस अयोगका अध्यक्ष दीपक सुवेदीसहित पदाधिकारीको टोलीले आज मन्त्री अर्याललाई प्रतिवेदन बुझाएको हो। त्यस अवसरमा गृहमन्त्री अर्यालले छिट्टै... मंगलबार, चैत ३, २०८२
रास्वपाको जनादेश प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा पूर्वराष्ट्रपति यादवको जोड मंगलबार काठमाडौँमा विपुल पोख्रेलद्वारा लिखित पुस्तक ‘संकल्पन’ को विमोचन कार्यक्रममा बोल्दै उनले विगतका निर्वाचनहरूमा कुनै एक दलले प्... मंगलबार, चैत ३, २०८२
ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने राप्रपाको तयारी शाही यसपटक प्रत्यक्ष निर्वाचनबाट विजयी भएका एक्ला उम्मेदवार हुन्। मंगलबार, चैत ३, २०८२
ताजा समाचारसबै
श्रम मन्त्रालयले ७ देशमा मात्रै पुनः श्रम स्वीकृति दिने मंगलबार, चैत ३, २०८२
गृहमन्त्रीसमक्ष यातायात क्षेत्रसम्बन्धी सर्वोच्चको आदेश कार्यान्वयन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन पेस मंगलबार, चैत ३, २०८२
इरानका सुरक्षा प्रमुख अलि लारीजानी मारिएको इजरायलको दाबी मंगलबार, चैत ३, २०८२
रवि लामिछानेको रिटमा बिहीबार सुनुवाइ हुने मंगलबार, चैत ३, २०८२
रास्वपाको जनादेश प्रभावकारी रूपमा प्रयोग गर्नुपर्नेमा पूर्वराष्ट्रपति यादवको जोड मंगलबार, चैत ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
रवि लामिछानेको अभियोग पत्र संशोधन सम्बन्धी मुद्दामा बहस सकियो, न्यायाधीशहरू आदेश तयार पार्न छलफलमा मंगलबार, चैत ३, २०८२
१ करोड १६ लाख नगदसहित काठमाडाैंबाट दुई हुन्डी कारोबारी पक्राउ सोमबार, चैत २, २०८२
दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ड्रोन आक्रमण, आगलागीपछि उडान ठप्प सोमबार, चैत २, २०८२
इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने ट्रम्पको दाबी मंगलबार, चैत ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
सर्वोच्च अदालतका न्यायाधीश पोखरेलविरुद्ध न्याय परिषदमा उजुरी सोमबार, चैत २, २०८२
यी हुन् एमालेले टुंग्याएका १६ जना समानुपातिक सांसद (सूचीसहित) शनिबार, फागुन ३०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्