काठमाडौं- नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले आफूनिकट नेताहरूको बैठक बोलाएका छन्। बैठक शुक्रबार बस्नेगरी बोलाइएको छ।
नेताहरू गगन थापा, प्रदीप पौडेल, भीमसेन दास प्रधान, उमाकान्त चौधरी, शिव हुमागाईं लगायतलाई बैठकमा बोलाइएको छ।
१४औं महाधिवेशनको तयारी, क्रियाशील सदस्यता विवाद, महाधिवेशनमा कसरी जाने भन्ने लगायतका विषयमा छलफल हुने बताइएको छ।
महाधिवेशन नजिकिएसँगै कांग्रेसका नेताहरू आ-आफ्नो समूहगत छलफलमा जुटेका छन्।
यसअघि उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंहले केन्द्रीय सदस्यहरूसँग गर्ने भनेको छलफल भने स्थगित गरिएको छ।
वरिष्ठ नेता रामचन्द्र पाैडेलले दबाब दिएपछि बैठक स्थगित गरिएको पाैडेलनिकट एक नेताले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।