काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक महामन्त्री शशांक कोइराला निवासमा बसिरहेको छ।
महाराजगञ्जस्थित महामन्त्री कोइराला निवासमा दुई घण्टादेखि उनीहरू छलफलमा छन्।
उनीहरूबीच क्रियाशील सदस्यता विवाद र आसन्न महाधिवेशनबारे छलफल भइरहेको छलफलमा सहभागी एक नेताले बताए।
छलफलमा वरिष्ठ नेता पौडेलसहित महामन्त्री कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, नेताहरू दीपक गिरी, गुरुराज घिमिरेलगायत सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।