काठमाडौं– नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधानका सन्दर्भमा वरिष्ठ नेता रामचन्द्र पौडेल र उपसभापति विमलेन्द्र निधिको मत बाझिएको छ।
अन्य दलबाट आएकाहरुको समायोजन गर्न गठित समितिमन संयोजक निधि पौडेललाई भेट्न बोहोराटार गएका थिए। तर, पौडेल भने निधिको प्रस्तावमा सहमत भएनन्।
विजय गच्छदार पार्टी प्रवेश गर्दा उनीसँगै पार्टीमा आएका भनिएका २५ हजारको विषयमा संस्थापन र इतर (पौडेल) पक्षबीच विवाद रहँदै आएको छ।
संस्थापन पक्षले गच्छदार पक्षका २५ हजारलाई एकमुष्ट क्रियाशील सदस्यता दिनुपर्ने पक्षमा छ। पौडेल पक्ष भने गच्छदार पक्षका २५ हजारलाई पनि तलबाट विधि प्रक्रिया पूरा गरेर क्रियाशील सदस्यता दिइनुपर्ने अडान राख्दै आएको छ।
बुधबार निधि संस्थापन पक्षकै लाइनअनुसार क्रियाशील सदस्यताको विवाद टुंग्याउनुपर्ने प्रस्ताव लिएर बोहोराटार पुगेका थिए। तर, पौडेल भने पुरानै अडानमा कायम रहेका पौडेलको सचिवालयका एक सदस्यले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।