काठमाडाैं- नेपाली कांग्रेसले डडेल्धुरा जिल्लाले केन्द्रका क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका नयाँ र नवीकरणतर्फको नामावली सार्वजनिक गरेको छ।
केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको बुधबारको बैठकको निर्णयअनुसार उक्त नामावली कांग्रेसको आधिकारिक वेबसाइड नेपालीकांग्रेस डटओआरजीमा सार्वजनिक गरिएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ।
आज सार्वजनिक गरिएका नामावलीउपर कुनै उजुरी, गुनासा वा सुझाव भएमा पार्टीको इमेल ठेगानामार्फत् सम्बन्धित पार्टी निकाय र व्यक्तिले यही असार २० गतेभित्र सप्रमाण लिखित उजुरी, गुनासो पठाउन सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। असार २० गतेपछि प्राप्त भएका उजुरीमाथि कुनै सुनुवाइ नहुनेसमेत प्रस्ट पारिएको छ।
'सार्वजनिक गरिएका प्रस्तावित नामावलीमा कुनै त्रुटि भएको भए वा छुट भएको भए जिल्ला कार्यसमितिले स्पष्ट आधार र प्रमाणसहित त्रुटि सच्याइदिनका लागि वा छुट नाम समावेश गरिदिनका लागि असार २० गतेभित्र नै लेखी पठाउनुपर्नेछ,' विज्ञप्तिमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।