काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य ओरालो लागेको छ। मंगलबारको तुलनामा सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बुधबार छापावाला सुन ९० हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छ। मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ थियो।
आज तेजाबी सुन प्रतितोला ८९ हजार ५५० मा कारोबार भइरहेको महासंघले जनाएको छ।
यस्तै, बुधबार सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। अघिल्लो दिनको तुलनामा बुधबार चाँदीको मूल्य १० रुपैयाँले घटेर १२ सय ९० रुपैयाँमा खरीद बिक्री भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।