काठमाडौं– नेपाली कांग्रेसका तीन नेताले केन्द्रीय सदस्यहरुसँग सामूहिक छलफल गर्ने भएका छन्।
१३औं महाधिवेशनमा सभापतिमा उठेका तीन नेता बाहेकका केन्द्रीय सदस्यलाई बैठकमा डाकिने भएको छ। महामन्त्री निवास महराजगञ्जमा शुक्रबार केन्द्रीय सदस्य सहितको बैठक बस्ने निर्णय गरिएको छ।
नेता प्रकाशमान सिंहको निवास चाक्सिबारीमा उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइराला बीच संवाद भएको थियो। निधि र कोइरालाको निवासमा यसअघि छलफल गरेका तीन नेता सिंहको निवासमा छलफलका लागि पुगेका थिए।
क्रियाशील सदस्यता विवादलाई विधिसंगत तरिकाले समय सीमा भित्रै टुंगाउनुपर्नेमा नेताहरुले जोड दिएका छन्। तोकिएको समय महाधिवेशन सम्पन्न गर्नका लागि वातावरण बनाउँदै जाने विषयमा नेताहरुबीच छलफल भएको छ।
बैठकलाई तीन जनामा मात्रै सीमितता नगरी अन्य नेताहरुसँग संवाद गर्ने सहमति बनेको सिंहका प्रेस संयोजक युपी लामिछानेले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।