एजेन्सी- श्रीलंकाको नापी विभागले बिहीबार देशको नयाँ नक्सा सावर्जनिक गरेको छ। अहिलेको नयाँ नक्साले त्यहाँ निर्माण भइरहेका योजनाका साथै पूरा भएका योजनालाई पनि समेटेको जनाइएको छ।
हालै जारी गरिएको नयाँ नक्सामा २ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको कोलम्बो पोर्ट सिटी पनि समाविष्ट रहेको भारतीय समाचारसंस्था एसियन न्यूज इन्टरनेसनलले जनाएको छ।
१८ वर्षसम्म नयाँ नक्सा नबनाइएको श्रीलंकाको नयाँ नक्साले त्यहाँ भएका भौगोलिक परिवर्तनका साथै सिमानामा भएका परिवर्तनलाई पनि समेटेको दाबी गरिएको छ। नयाँ नक्साले श्रीलंकाको मोरंगाहाकान्डा जलाशयलाई पनि समेटेको छ।
सार्वजनिक नयाँ नक्साको डिजिटल भर्सन अहिले नै उपलब्ध भए पनि प्रिन्ट नक्सा मध्य जुनसम्ममा उपलब्ध हुने त्यहाँको नापी विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।