काठमाडौं– नेपाली कांग्रेसकी नेता सुजाता कोइरालाले आफू पनि पार्टी सभापतिको उम्मेदवार बन्ने बताएकी छन्। नेता कोइरालाले सोमबार वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलालाई १४औं महाधिवेशनमा आफू पनि सभापतिको उम्मेदवार भएको बताएकी हुन्।
वरिष्ठ नेता पौडेल र नेता सिटौला कोइरालालाई भेट्न सोमबार मण्डिखाटारस्थित उनको निवास पुगेका थिए। दुवै जनालाई सुजाताले नै आफ्नो निजी निवासमा बोलाएकी हुन्।
नेता कोइरालाले यसअघि १३औं महाधिवेशनमा पौडेललाई सघाउन भनेर आफ्नो उम्मेदवारी फिर्ता लिएकी थिइन।
पौडेल १४औं महाधिवेशनमा पनि सभापतिमा उठ्ने तयारीमा छन्। १३औं महाधिवेशनमा सभापतिमा भिडेका तेस्रो धारका सिटौलाले भने आधिकारिक रुपमा उक्त पदमा दाबी गरिसकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।