काठमाडौं- प्रदेश नम्बर एकका मुख्यमन्त्रीको आवास र कार्यालय प्रयोजनका लागि काठमाडौंमा मासिक साढे ३ लाख तिर्ने गरि घर भाडा लिइएको पाइएको छ।
काठमाडौंमा रहेको प्रदेश नम्बर एकको सम्पर्क कार्यालयमा मुख्यमन्त्रीको आवास र कार्यालय प्रयोजनका लागि घरभाडा लिएको र उक्त घरको भाडा मासिक ३ लाख ५१हजार ५०० रुपैयाँ रहेको प्रदेश नम्बर १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चालु आर्थिक वर्ष ०७६/७७ का लागि घर भाडा बजेट रकम १६ लाख २० हजार विनियोजन भएको र उक्त रकम सम्पर्क कार्यालयमा तिर्न अपुग भएकाले रकमान्तर गर्न आर्थिक मामिला तथा योजना मन्त्रालयलाई पत्र काटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।