धनगढी- सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट पारित भएको छ।
सोमबार सभामुख अर्जुनबहादुर थापाले हुन्छ भन्ने भन्दा हुन्न भन्ने संख्या न्यून रहेकाले बजेट बहुमतले पारित भएको घोषणा गरे।
बजेटमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी र नेकपा एमाले केपी शर्मा ओली पक्षका प्रदेश सभा सदस्यहरुले बजेट पारितको विपक्षमा आवाज उठाएका थिए।
प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले आगामी आर्थिक वर्षका लागि ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए।
चालूतर्फ १० अर्ब ६६ करोड ९० लाख तीन हजार रुपैयाँ र पुँजिगततर्फ १७ अर्ब ६५ करोड ४० लाख ५२ हजार रुपैयाँ विनियोजन गरिएको मन्त्री शाहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।