ब्रसेल्स– बेल्जियमको पूर्वी क्षेत्रमा अवस्थित लिज शहरको मध्य भागमा मंगलबार साँझ भएको गोलीकाण्डमा संलग्न व्यक्ति आतंककारी नभएको बेल्जियम सरकारले जनाएको छ।
गोली चलाउने व्यक्तिको बारेमा प्रहरीले गरेको खोजीमा ती व्यक्ति आतंककारी गतिविधिमा संलग्न भएको नपाइएको बताइएको हो। त्यस गोलीकाण्डमा परी २ जना प्रहरी, १ बटुवा र आक्रमणकारीसहित ४ जनाको मृत्यु भएको थियो।
गोली हान्ने ती व्यक्ति पनि प्रहरीको कारबाहीमा परी मारिएका थिए।
उक्त अज्ञात व्यक्तिले सुरुमा छुरा देखाएर प्रहरीको हतियार खोसी गोली चलाएको थियो। जसबाट दुई प्रहरीको मृत्यु भएको थियो भने नजिकै आफ्नो गाडीमा रहेका एकजना सर्वसाधारणको पनि आक्रमणबाट निधन भएको प्रहरीले जनाएको छ।
बेल्जियममा केही वर्षयतादेखि यस्ता हमला हुने गरेका छन्। त्यसैले प्रहरीले यो पछिल्लो घटनामा संलग्नहरुको बारेमा पनि व्यापक मात्रामा खोजी गरेको थियो। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।