काठमाडौं- चालु आर्थिक वर्षको ११ महिनामा झण्डै १ खर्ब रूपैयाँ बराबरको सवारी तथा सवारी पार्टपुर्जा आयात भएको छ।
भन्सार विभागमा अनुसार चालु आर्थिक वर्ष २०७७/७८को ११ महिना (साउनदेखि जेठसम्म) कूल ८८ अर्ब ५८ करोड ८७ लाख ४९ हजार रूपैयाँ बराबरको सवारी तथा सवारी पार्ट पुर्जा आयात भएको छ।
चालु आवको ११ महिनामा सवारी तथा पार्टपुर्जा आयातमा खर्च भएको रकम गर्त आर्थिक वर्ष २०७६/७७ को भन्दा बढी हो। गत आर्थिक वर्षको ११ महिनामा कूल ६१ अर्ब ८५ करोड ५६ लाख ३२ हजार रूपैयाँको सवारी तथा सवारी पार्टपुर्जा आयात भएको थियो।
गत आवको भन्दा चालु आवमा झण्डै २७ अर्ब रूपैयाँ बढी बराबरको सवारी तथा सवारी पार्टपुर्जा आयात भएको छ। चालु आवमा सवारी तथा सवारी पार्टपुर्जा आयातबाट सरकारले ८१ अर्ब ४८ करोड ४० लाख ७२ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।
यसैगरी, गत आवमा भने सवारी तथा सवारी पार्टपुर्जा आयातबाट ५५ अर्ब रूपैयाँ राजस्व संकलन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।