काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले दीपक श्रेष्ठको सभापतित्वमा रोजगारदाता समिति गठन गरेको छ ।
चेम्बरका उपाध्यक्ष श्रेष्ठको सभापतित्वमा गठन भएको समितिमा बिनायक शाह र मोहन कटुवाल सहसभापति रहेका छन्।
त्यस्तै, समितिका सदस्यहरुमा वीरेन्द्रनाथ भट्टराई, सैवल घोष, नितिन जलान र रोजन कर्माचार्य रहेका छन्। समितिको सल्लाहकारमा रणबहादुर श्रेष्ठ चयन भएका छन्।
समितिले रोजगार क्षेत्रका समस्या पहिचान गरी समाधानका लागि निजी क्षेत्रबाट पहल गर्ने चेम्बरले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।