काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलाएको आफूपक्षीय भेलामा नेता प्रकाशमान सिंहले संस्थापनइतरमा सभापतिको उम्मेद्वार अरुलाई नछोड्ने बताएका छन्।
वरिष्ठ नेता पौडेललाई आफूले उम्मेद्वारी दिनेबारे धेरै पहिले नै भनिसकेको बताउँदै उनले भने, 'तपाईंलाई (पौडेलतर्फ संकेत गर्दै) पहिलेदेखि नै भनेको हुँ। म उम्मेद्वार हुन नहुने के कुरामा कमी छ?'
सभापतिको उम्मेद्वार आफ्नो लागि प्राकृतिक हुने उनले बताएका थिए। नेविसंघ हुँदै पार्टी राजनीतिको विभिन्न भूमिका निर्वाह गर्दै आएकाले सभापतिको उम्मेद्वारी स्वभाविक भएको उनले बताए।
पार्टी राजनीतिको लामो राजनीतिक पृष्ठभूमि उनले सुनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।