काठमाडौं- नेपाली कांग्रेसका तीन शीर्ष नेताले पार्टीभित्र छुट्टै धार निर्माण गर्ने गरी छलफल अघि बढाएका छन्। दीर्घकालीन समूहका रुपमा स्थापित हुने गरी नेताहरुबीच छलफल भएको हो।
महामन्त्री डा शशांक कोइराला निवास महाराजगञ्जमा शुक्रबार दिउँसो कोइरालासहित उपसभापति विमलेन्द्र निधि र नेता प्रकाशमान सिंहबीच छलफल भएको थियो।
शुक्रबारको छलफल गत सोमबार निधि निवासमा बसेको बैठकको निरन्तरता भएको नेताहरुले जनाएका छन्। पार्टीभित्र तीन नेताको पहलमा वृहत एकता गर्ने समझदारी भएको नेता सिंहले बताए। आफ्नो समूहलाई दीर्घकालीन बनाउने विषयमा नेताहरुबीच सैद्धान्तिक समझदारी बनेको महामन्त्री कोइराला निकट स्रोतले बतायो।
आगामी महाधिवेशनमा सभापतिमा तीनमध्ये एक उठ्ने र अरु दुईले समर्थन गर्ने गरी छलफल अघिबढेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।