• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २, २०८२ Sat, Feb 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सवारी चालक लाइसेन्सको लिखित परीक्षामा यी ५ सयबाट सोधिनेछ २० प्रश्न 

64x64
नेपाल लाइभ शुक्रबार, असार ११, २०७८  १२:४५
1140x725

काठमाडौं- सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्ने यसअघिको व्यवस्था परिमार्जन गरेको छ। लाइसेन्सका लागि लिइने लिखित र प्रयोगात्मक परीक्षासम्बन्धी व्यवस्था परिवर्तन गर्दै केही सहज बनाइएको हो। यसअघि शतप्रतिशत अंक ल्याएर पास गर्नुपर्ने प्रयोगात्मक (ट्रायल) परीक्षामा अब ७० अंक ल्याए लाइसेन्स पाउन योग्य हुनेछ। 

तर, अहिलेसम्म ५० प्रतिशत अंक ल्याए पास हुने लिखित परीक्षामा भने अब ८० अंक ल्याउनुपर्ने व्यवस्था गरिएको छ। यातायात व्यवस्था विभागले अब लाइसेन्सका लागि अंकभारमा आधारित परीक्षा प्रणाली लागू गर्न लागेको हो।

साउन १ देखि लागू हुने 'सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ मा लिखित र प्रयोगात्मक (ट्रायल) दुवै परीक्षाको मोडालिटी परिवर्तन गरिएको छ।

सोही अनुसार विभागले लिखित परीक्षामा सोधिने ५०० सय वटा प्रश्नको संग्रह सार्वजनिक गरेको छ। यही ५ सय वटा प्रश्नबाट अब हुने लिखित परीक्षमा २० वटा प्रश्न सोधिने छ। विभागले ‘क’ र ‘ट’ वर्गको मोटरसाइकल, स्कुटर र मोपेडसहित ‘ख’ वर्गको कार, जिप र डेलिभरी भ्यानको लाइसेन्सको लिखित परीक्षामा सोधिने प्रश्नपत्र सार्वजनिक गरेको हो।  ३० मिनेटको परीक्षामा उत्तीर्ण हुन न्यूनतम ७० अंक ल्याउनुपर्नेछ ।

प्रयोगात्मक परीक्षणको हरेक चरणको अंकभार फरक–फरक निर्धारण गरिएको छ। परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनमा सवारी चलाउनुपूर्व सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण नगरेमा तीन अंक घट्नेछ।

हेलमेटमा लक नलगाई सवारी चलाएमा चार अंक र अस्वाभाविक गतिमा वा असम्यमित रूपमा सवारी चलाएमा तीन अंक घट्नेछ। घुमाउरो आठको अंकभार २० अंक छ। जसमा घुमाउरो आठको एकपटकसम्म रेखा छोएमा र एकपटकसम्म खुट्टाले भुइँमा टेकेमा १० अंक घट्नेछ। यति हुँदैमा परीक्षार्थी फेल हुने छैन।

घुमाउरो आठमा एकपटक भन्दा बढी अंकित रेखा छोएमा, टायर रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा बढी खुट्टाले भुइँमा टेके, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएमा, सवारीको स्टार्ट बन्द भएमा फेल भएको घोषणा गरिनेछ।

Ncell 2
Ncell 2

साँघुरो फलेकको अंकभार १० रहेको छ। यसमा १० अंक नै अनिवार्य ल्याउनुपर्नेछ। यहाँ खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाई पार गर्नुअगावै सवारी फलेकबाट बाहिर निस्केमा स्वतः फेल हुनेछ। 

त्यस्तै, यूटर्नको अंकभार १० रहेको छ। टर्निङमा इन्डिकेटर लाइट नबालेमा १० अंक नै घट्नेछ। यूटर्नमा अंकित रेखा छोएमा पनि फेल हुनेछ। ट्राफिक संकेत (लाइट)को अंकभार १५ रहेको छ। ट्राफिक लाइटको पालना नगरे १५ नम्बर नै काटिनेछ।

स्पिड ब्रेकर वा हडल्सको अंकभार १५ रहेको छ। स्पिड ब्रेकरमा एकपटकसम्म खुट्टाले भुइँमा टेकेमा ५ र एकपटक सवारी स्टार्ट बन्द भएमा ५ नम्बर घट्नेछ।स्पिड ब्रेकरमा एकपटकभन्दा बढी भुइँमा टेकेमा वा सवारी स्टार्ट बन्द भएमा फेल हुनेछ।

यसबाहेक र्‍याम्प अर्थात् उकालोको अंकभार २० रहेको छ। उकालोमा कुनै गल्ती भए फेल हुनेछ। उकालोमा तोकिएको रेखा नाघेर सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा फेल हुनेछ। 

रोकिएको अवस्थाबाट सवारी अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा बढी पछाडि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको रेखा नाघेर सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा र सवारीको स्टार्ट बन्द भएमा फेल हुनेछ। यसरी विभिन्न क्याटागोरीमा अंकभार निर्धारण गरिएको र त्यसमध्ये ७० अंक ल्याउनेले लाइसेन्स पाउनेछन्। 

सरकारले स्वीकृत गरेको निर्देशिकाअनुसार प्रयोगात्मक परीक्षामा सहभागी हुने परीक्षार्थीले परीक्षा दिन आफ्नै सवारीसाधन लैजान पाउने छन्। हाल कायम रहेको व्यवस्थामा आफ्नो सवारीले ट्रायल दिन पाइदैन। आफ्नै सवारी पनि तोकिएको मापदण्ड अनुसार हुनुपर्ने व्यवस्था छ।

तर, त्यसका लागि मोटरसाइकल तथा स्कुटर कम्तीमा ९५ सीसीको इन्जिन भएको, कम्तीमा १२ सय मिलिमिटरको ह्विल बेस भएको, मोटरसाइकलमा म्यानुअल ट्रान्समिसन भएको, ‘हिल होल्ड र हिल असिस्ट’ समान प्रकृतिको भएको र सवारी दर्ता तथा तेस्रोपक्ष बीमा अद्यावधिक भएको हुनुपर्नेछ ।

कार जीपको हकमा कम्तिमा ७५० सीसी इन्जिन भएको, कम्तीमा २३ सय मिलिमिटर ह्विल बेस भएको, लम्बाइ चौडाइ र उचाइ क्रमशः ३३००, १४५० र १४५० मिलिमिटर भएको, समान प्रकृतिका ‘हिल होल्ड र हिल असिस्ट’ जोडिएको तथा सवारीको दर्ता र बीमा अद्यावधिक भएको हुनुपर्नेछ ।

यस्तो छ मोटरसाइकल तथा स्कुटरतर्फको प्रश्न संग्रह :

यस्तो छ कार तथा जीपतर्फको प्रश्न संग्रह :

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  १२:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यी २० निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित)
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा
फेवातालमा कार खस्दा चालकको मृत्यु
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तीन हजार रुपैयाँले घटेको हो । शुक्रबार, फागुन १, २०८२
सात महिना सरकारले उठायो ६ खर्ब ६४ अर्ब राजस्व, लक्ष्यको ८२ प्रतिशत पूरा माघ मसान्तसम्म ७ महिनामा ८ खर्ब १३ अर्ब ६३ करोडको लक्ष्य रहेकोमा ८२. २६ प्रतिशत संकलन भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । शुक्रबार, फागुन १, २०८२
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो आज सुन तोलामा एक सय रुपैयाँले घटेर तोलामा तीन लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार, माघ २९, २०८२
ताजा समाचारसबै
यी २० निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित) शनिबार, फागुन २, २०८२
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा शनिबार, फागुन २, २०८२
फेवातालमा कार खस्दा चालकको मृत्यु शनिबार, फागुन २, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटना, ४ जनाको मृत्यु शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
पार्टी बचाउन बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो : प्रचण्ड शुक्रबार, फागुन १, २०८२
जसपा नेपालको घोषणापत्र सार्वजनीन, विदेश जाने श्रमिकहरूको लागि फ्री भिसा र फ्री टिकटको व्यवस्था शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो शुक्रबार, फागुन १, २०८२
जिम्बाबेसँग अस्ट्रेलिया  स्तब्ध शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्